बुधबार, बैशाख १२, २०८१

ठेकेदारसंग धम्क्याएर घुस लिने प्रनानि खरेल पक्राउ

 काठमाडौ असोज ११, महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी नायब निरीक्षक गोविन्द खरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । आयोगले राजधानीको काँडाघारी क्षेत्रमा बालुवा ठेकेदारसंग धम्क्याएर घुस लिएको अभियोगमा प्रनापन हरी खरेललाई पक्राउ गरेको हो । 

त्यस्तै  आयोगले गत भाद्र ३० गते सोही स्थानबाट १० प्रहरी कर्मचारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका प्रहरी कर्मचारीसँगको बयानका आधारमा आज थप पक्राउ गरिएको जनाउँदै यस सम्बन्धमा अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यसैवीच आयोगले आजै कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत उपरजिष्टारद्वय धर्मराज रोकाय र गङ्गाधर पौडेललाई पक्राउ गरेको छ ।आयोगका अनुसार शङ्कर इलेक्ट्रिकल इण्डष्ट्रिजका सञ्चालक निरञ्जन जटियालाई कार्यालयमा उपस्थित नगराई स्वामित्व हस्तान्तरण गरेको भन्ने उजुरीका आधारमा आयोगले बबरमहलबाट पक्राउ गरेको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।