शनिबार, बैशाख ८, २०८१

ठमेल महोत्सवमा पर्यटनमन्त्री अधिकारीको उद्घोष-पर्यटनको माध्‍यमबाट मुलुक समृद्धिको बाटोमा

काठमाडौ असोज १२,  विश्‍व पर्यटन दिवसको अवसरमा राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा ठमेल पर्यटन विकास परिषद्ले ‘ठमेल कार्निभल‘को आयोजना गरिएको छ। बिहीबार आयोजित उक्त कार्यक्रममा पर्यटनमन्त्री रबिन्द्र अधिकारीले त्रिदेवी मार्गमा औपचारिक उद्घाटन गर्नु भएको उक्त महोत्सवलाइ सम्बोधन गर्दै आजको महोत्सवको आयोजना संगै नेपाल पर्यटनको माध्‍यमबाट समृद्धिको बाटोमा लागिसकेको उद्घोष गर्दै सन् २०२० देखि २०३० सम्मको एक दशकलाई पर्यटन विकास बर्षको रुपमा मनाइने र यसको लागि र्यटकीय स्थल ठमेल लगायत पोखरा र सौराहालाई चौबिसै घण्टा खोल्ने तयारी भइरहेको बताए ।  

त्यस्तै उल्लेख्य सङ्ख्यामा स्वदेशी सर्वसाधारण तथा विदेशी पर्यटकको घुइचो रहेको प्रस्तुत महोत्सव मुलत नेपाललाई विश्वभर चिनाउने प्रमुख पर्यटकीय क्षेत्र ठमेलसहित समग्र नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको परिषद्का अध्यक्ष समीर गुरुङले बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।