मङ्लबार, बैशाख ११, २०८१

ट्रेड युनियन काँग्रेसको निर्वाचन आज, दाहाल र आचार्यवीच चुनावी प्रतिस्प्रर्धा

काठमाडौ असार १, नेपाली काँग्रेस निकट शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसको आज १७पदाधिकारीसहित ४४ पदमा हुने निर्वाचन हुँदैछ । प्रस्तुत निर्वाचनमा देशैभरबाट १हजार ४२० जना मतदातालेआफ्नो मताधिकारको प्रयोग गर्ने भएको छ । यसअघि विहिवार सम्पन्न बन्दसत्रमा ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले भएको बन्दसत्रमा झण्डै सयौं निर्वाचन प्रतिनिधिले दिएको राय तथा सुझाव अनुरुप एकीकृत गरेर ट्रेड युनियन आन्दोलनलाई अगाडि बढाउने प्रतिवद्धता अभिव्यक्त गर्नु भएको थियो ।

  निर्वाचनमा नेपाल ट्रेड युनियनका वर्तमान अध्यक्ष खिलानाथ दाहाल र पूर्ववरिष्ठ उपाध्यक्ष पुस्कर आचार्य चुनावी मैदानमा रहेका छन । त्यस्तै दाहाल समूहबाट वरिष्ठ उपाध्यक्षमा अयोध्याप्रसाद यादव, उपाध्यक्ष (खुला) बमबहादुर डिसी, डिपी अर्याल, उपाध्यक्ष (महिला) कल्पना अधिकारी, उपाध्यक्ष (सेवा) शंकर लामिछाने, उपाध्यक्ष (उत्पादन) युवराज लामा, उपाध्यक्ष (अनौपचारिक) नूर महम्मद रैन हुनुहुन्छ ।

यसैगरी महासचिव सञ्जय मिश्र, उपमहासचिव (खुला) जनार्दन निरौला, काजीमान श्रेष्ठ, उपमहासचिव (महिला) कमला लामिछाने, उपमहासचिव (सेवा) रञ्जन थापा, उपमहासचिव (उत्पादन) धीरेन्द्र सिंह, उपमहासचिव (अनौपचारिक) आत्माराम पौडेल, कोषाध्यक्ष रिसभ घिमिरे र सहकोषाध्यक्षमा ताराकुमारी राई हुनुहुन्छ ।

आचार्य समूहबाट वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्ष (खुला) तेजेन्द्रजंग कार्की, अजयकुमार राई, उपाध्यक्ष (महिला) इन्दिरा सापकोटा, उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापा, उपाध्यक्ष (उत्पादन) ललितबहादुर श्रेष्ठ, उपाध्यक्ष (अनौपचारिक) आशा सिंह राठौर हुनुहुन्छ ।

यसैगरी महासचिव योगेन्द्रकुमार कुँवर, उपमहासचिव (खुल्ला) गणेशबहादुर केसी, ज्योति कोइराला, उपमहासचिव (महिला) राधिका कुँइकेल, उपमहासचिव (सेवा) सीताराम अवस्थी, उपमहासचिव (उत्पादन) ईश्वर परियार, उपमहासचिव (अनौपचारिक) राजेश पालिखे, कोषाध्यक्ष मोहनकुमार बस्नेत र सहकोषाध्यक्ष सुशीला घिमिरेले उम्मेदवार रहनु भएको  छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।