शुक्रबार, चैत्र १६, २०८०

ट्रकको ठक्करबाट नाती र बज्यैको मृत्यु,  ट्रक चालक फरार

 काठमाडौं, कार्तिक ९, काठमाडौंको तारकेश्वर नगरपालिकामा सिमेन्ट बोकेर आउँदै गरेको ना६ख ७८२६ नम्बरको ट्रकको ठक्करबाट नाती र बज्यैको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ना६ख ७८२६ नम्बरको ट्रकले पुरानो गुहेश्वरीमा पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जनाउँदै मृत्यु हुनेमा गोर्खा बुङ्कोट घर भई तारकेश्वरमा बस्दै आएकी तीलकुमारी तिवारी र उनका नाती आरजित तिवारी रहेको जनाएको छन् ।

प्रत्यक्षदर्शीका अनुसार सहचालकले ट्रक चलाउँदा दुर्घटना भएको बुझिएको छ भने दुर्घटनापछि सहचालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।