शुक्रबार, बैशाख १४, २०८१

ट्याक्सी चालकले ‘फ्लोरोसेन्ट ज्याकेट नलगाए कारवाही: ट्राफिक प्रहरी महाशाखा

  काठमाडौ भाद्र ६,   महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल ट्याक्सी व्यवसायी सङ्घको सहकार्यमा चालक पहिचानमा सहजता होस भन्ने लक्ष्य सहित आजबाट उपत्यकामा चल्ने मिटर ट्याक्सीका चालकहरुलाइ फ्लोरोसेन्ट ज्याकेट वितरण गरिएको छ ।

राजधानीको सुन्धारामा आयोजित एक कार्यक्रमकावीच दुर्घटना न्यूनिकरण ,ट्याक्सी चालकको पहिचानका  लागि चालकलाई ज्याकेट वितरण गर्दै  अव उपरान्त ट्याक्सी चालकले अनिवार्य ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याईएको हो ।

ज्याकेट वितरण कार्यक्रममा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतम लगायतले फ्लोरोसेन्ट ज्याकेट यसको आवश्यकताको सवालमा अभिव्यक्ति दिनुको अलावा ट्याक्सी चालकले ज्याकेट नलगाए कानूनअनुसार कारवाही गरिने महाशाखाले तयारी गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।