बिहिबार, बैशाख १३, २०८१

टप मोडल २०१७ को बिजेता बन्न सफल भए मलिक र भण्डारी

 काठमाडौ कार्तिक २८,  फेशन संसार डट कमको आयोजनामा राष्ट्रिय नाचघरमा सम्पन्न भएको ग्रान्ड फिनालेमा टप मोडल २०१७ मा बिजेता पुरुषोतम मलिक र सबिना भण्डारी बिजेता बन्न सफल भएका छन । अन्य प्रतिस्प्रधी भन्दा आफुलाइ अब्बल साबित गर्दै मलिक र भण्डारीले उक्त ताज पहिरहन सफल भएको हो ।   त्यस्तै टप मोडल २०१७ मा पुरुषतर्फ फर्स्ट रनरअप विकल्प शर्मा र सेकेन्ड रनरअप गणेश चन्द बन्न सफल भयो भने लेडितर्फ फर्स्ट रनरअप रसेकेन्ड रनरअप उपाधी रन्जिता भट्टराई र संगीता थापाले जितिन ।

प्रतिस्पर्धी युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण सहित उनिहरुमा निहित आत्मा बिश्वासलाइ थपमजबुत बनाइ उजागर गराउने कार्य गरेको आयोजक फेशन संसार डट कमले गरेको थियो ।

टप मोडल २०१७ को अन्तिम प्रतिष्प्रर्धामा सञ्चारकर्मी तथा कलाकार सुर्य चन्द, मोडल तथा नायिका खुस्बु खड्का, इभेन्ट अर्गानाइजर निशु झा, नायिका नम्रता झा र कलाकार अजय पोखरेल अज्जु निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए ।  त्यस्तै प्रतियोगिताको कोरियोग्राफर अज्जु मन्सुरले गरेका थिए ।