बिर्तामोड चैत २४, अप्टीमिष्ट क्लव अफ झापाको आयोजनामा शनिबारदेखि झापामा सामुहिक आँखा दान राष्ट्रिय अभियानको शुभारम्भ भएको छ । प्रदेश नम्वर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले आँखा दानको घोषणा गर्दै झापामा सामुहिक आँखा दान राष्ट्रिय अभियानको शुभारम्भ गर्नु भएको हो ।
आफू मरेपछि पनि आफूले दान गरेका आँखाको सहायताले दृष्टि विहिनले उज्यालो संसार देख्न सकुन् भन्दै मन्त्री कार्कीले आँखा दानको घोषणा गरेको बताए । सामुहिक आँखा दान राष्ट्रिय अभियान कार्यक्रममा मन्त्री कार्कीसंगै बिर्तामोड नगरापालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटी, बिर्तामोड वडा नं.२ का अध्यक्ष नगेन्द्र संग्रौला लगायत दुई सय ५० जना भन्दा बढीले आँखा दानको घोषणा गरेका थिए ।
झापामा पहिलो पटक आयोजना गरिएको सामुहिक आँखा दान कार्यक्रमलाई झापावासीले खुलेर प्रशंसा गरेका छन् । अभियानको पूर्ण सफलताको कामना गर्दै बिर्तामोड निवासी ८७ वर्षीय कृष्णप्रसाद ओलीले आँखा दानको घोषणा गरेका थिए । उनले इच्छापत्र फारम भर्दै आँखा दानको घोषणा गर्दा कार्यक्रमका सहभागी सवैले उत्साहित भएका थिए । कार्यक्रममा बिर्तामोड निवासी ८७ वर्षीय कृष्णप्रसाद ओलीसहित आँखा दानको घोषणा गर्ने दुई सय ५० जना दातालाई एकैसाथ सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशी र प्राबिधिक पुष्प अधिकारीले मेची आँखा अस्पतालले आँखाको नानी संकलन केन्द्र स्थापना गरेकोले आँखा दान गर्ने दाताहरुको महरणोपरान्त आँखाको नानी उक्त केन्द्रमा संकलन गरिने बताएका थिए । कार्यक्रममा झापा नेत्रहिन संघका अध्यक्ष द्रोणार्चाय निरौला, कृष्णप्रसाद ओली, लगायतले बोलेका थिए । कार्यक्रममा अप्टिमिष्ट क्लव अफ नेपालका अध्यक्ष उदय कुमार निरौलाले झापाबाट शुरु भएको सामुहिक आँखा दान राष्ट्रिय अभियान देशैभर सञ्चालन गरिने घोषणा गरेका छन ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त
- मन्त्रिपरिषद् बैठक: बागमती प्रदेश प्रमुख सचिवको जिम्मेवारी सहसचिव कार्कीलाई
- एमालेकी विदेश विभाग सचिव शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत
- गण्डकी प्रदेशसभाको अधिवेशन आव्हान ,विश्वासको मत लिने मुख्यमन्त्री अधिकारीको तयारी
- रास्वपाभित्रै उठ्यो सहकारीसम्बन्धी छानबिनको लागि समिति बनाउने आवाज
- आज र भोली देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- मछिन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु
- आज भगवान रामचन्द्रको पूजाअर्चना सहित रामनवमी पर्व मनाइँदैं
- सहकारीमा प्रकरणमा संलग्नता नरहेको सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेको प्रष्टोक्ति
- निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ: प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान