बिहिबार, बैशाख १३, २०८१

ज्योतिको थप ५ नयाँ शाखा विस्तार

काठमाडौं फागुन ८, ज्योति विकास बैंकले आज आफ्नो ५ वटा शाखा विस्तार गरेको छ ।  बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार बैकले आज साखुँ, बलम्बु र कीर्तिपुर संगै भक्तपुर जिल्लाको बोडेमा, काभे्रको बनेपामा आफ्नो शाखा विस्तार गरेको हो ।

आज विस्तारित शाखामध्ये शंखरापुर नगरपालिका वडा नं ६, साखुँबजारमा रहेको नयाँ शाखा शंखरापुर नगरपालिकाका मेयर  सुवर्ण श्रेष्ठ तथा बैंकका सञ्चालक छत्रमान श्रेष्ठले र कीर्तिपुर नगरपालिका वडा न ९, नयाबजार शाखाको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र बैंकका अध्यक्ष हरिचन्द्र खड्का द्धारा त्यस्तैगरि चन्द्रागिरी नगरपालिका वडा नं १२, बलम्बुमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अतिथी नेपाल राष्ट्रबँैकका डेपुटी गर्भनर शिबराज श्रेष्ठले शुभारम्भ गर्नुभएको जनाएको छ ।

त्यस्तैगरि काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं ७ बनेपा स्थित शाखाको बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिँह बादे श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको जनाएको छ ।

शुभारम्भ कार्यक्रमलाइ समेधन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठले सरकारले लिएको निती अनुसार सहुलियतपुर्ण कर्जामा बैंकले ध्यान दिदै डिजिटल भुक्तानी तिर अग्रसर हुदै बित्तिय साक्षरतामा समन्वय गर्न आग्रह गर्नुभएको छ ।

बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा Atm मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमाAtm  संचालनमा ल्याउने प्रक्रियामा रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।