शुक्रबार, चैत्र १६, २०८०

ज्योतिको ज्योतिसमृद्धि बचत खाता” सञ्चालनमा

काठमाडौं बैशाख २,  ज्योति विकास बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन अनुरुप समृद्धिसंग जोडौं नाता, सबै नेपालीको बैंक खाता” नाराका साथ थालिएको अभियानलाई सहयोग पु-याउने उद्देश्य अनुरुप आधुनिक बैंकिङ्ग सुविधा सहित नयाँ बचत खाता“ज्योतिसमृद्धि बचत खाता” संचालनमा ल्याएको छ ।

वार्षिक ७% ब्याजदर दिने यस बचत खातामा अन्य बैंक वित्तीय संस्थाहरुमा खाता नहुने ग्राहकहरुले खाता खोलेमा रु. १०० बैकको तर्फबाट प्रदान गरिनुको अलावा एविविएस सिएविए र इन्टरनेट बैकिङ्ग जस्ता सेवाहरु निःशुल्क गरेको छ भने लकर सुविधामा पनि बिषेश छुट दिदै  त्यस्तै बैंकले ग्राहक महानुभावलाइ अत्याधुनिक सेवाप्रदानगर्न सदैव कटिबद्ध रहेको जनाएको छ ।

बैंक संचालनमा आएको दशौंवर्षमा बैंकको छवि (Corporate Image) बजारमा स्थापितगर्न सफल बैंकले ९६ वटा शाखा २ वटा एक्स्टेन्सन काउन्टर एवं २३ वटा एटिएम मार्फत सेवाउपलव्ध गराउँदै आएको छ । निकट भविष्यमानै बैंकको ५ वटा नयाँशाखा संचालनमाल्याउने लक्ष्य रहेको रहेको बैकका कार्यकारी अधिकृत मनोज ज्ञवालीद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।