शुक्रबार, चैत्र १६, २०८०

ज्यापू संस्कृति सम्बर्धन गर्न सके देशको पर्यटनमा सहयोग पुग्ने प्रम ओलीको विस्वास

काठमाडौं पौष १०, १२ औं राष्ट्रिय ज्यापु दिवसको अवसरमा ज्यापु संस्कृति विकास कोष र अशोक विनायक गुठीले शुक्रबार काठमाडौको वसन्तपुर क्षेत्रमा प्रधानमन्त्री केपी शर्माओलीको प्रमुख आतिथ्यतामा एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।  त्यस अवसरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै प्रम केपी शर्मा ओलीले ज्यापू संस्कृतिको प्रवर्धनमा सरकार प्रतिवद्ध रहेको बताउँदै राष्ट्रिय पहिचान बोकेको ज्यापू संस्कृति सम्बर्धन गर्न सके देशको पर्यटनमा ठूलो सहयोग पुग्ने विस्वास व्यक्त गर्नु भएको थियो ।

860577_10203828141623113_2450709075469467338_oत्यस्तै कार्यक्रमका अर्का वक्ता काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ्गले महानगर क्षेत्रभित्रका सांस्कृतिक सम्पदा तथा अमूर्त सम्पदा संरक्षण र प्रवर्धन कार्य आफ्नो प्रमुख दायित्वका रुपमा लिएको बताउँदै भूकम्पले संस्कार र सम्पदामा पु९याएको क्षति कम गराउन आफूले काम गरिरहेको जानकारी दिनुभएको थियो ।

कार्यक्रममा काठमाडौं महानगरपालिका प्रशासन तथा संगठन विकास विभागका प्रमुख ज्ञानेन्द्र कार्की, हनुमान ढोका दरबार संरक्षण कार्यक्रमबाट तोयन्द्र सापकोटालाई ज्यापू विशेष सम्मान प्रदान गरिएको थियो । त्यस्तै गरि सन्ध्या टाइम्सका सम्पादक सुरेस किरण र सञ्चारकर्मी श्रीकृष्ण महर्जन पनि पत्रकारिता सम्मान प्रदान गरिएको उक्त कार्यक्रममा , सुदनमान मुनिकारलाई नृत्य प्रशिक्षण सांस्कृतिक पुरस्कारसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

यसअघि ज्यापु संस्कृति विकास कोष र अशोक विनायक गुठीको सयेक्त आयोजनामा नेवार समुदायको सांस्कृतिक पहिचान झल्किने गरी र्‍याली प्रदर्शन गरिएको थियो । र्‍यालीमा बालबालिकादेखि वृद्धवृद्धासम्मको बाक्लो उपस्थिति रहेको उक्त र्‍यालीले वसन्तपुरबाट निकालिएको र्‍यालीले मरु गणेशस्थान, प्याफल, यट्खा, क्षेत्रपाटी, ज्याठा, खिचापोखरी, ओमबहाल लगायतका स्थानको परिक्रमा गरेको थियो।