शुक्रबार, बैशाख १४, २०८१

ज्ञानोदयमा बाढी पस्यो , पठनपाठन प्रभावित

काठमाडौ भाद्र १६,  अविरल वर्षाका कारण समिपमा रहेको मनमति खोलाको बाढीका कारण राजधानीको बाफलस्थित सामुदायिक विद्यालय ज्ञानोदय माध्यमिक विद्यालयको पठनपाठन प्रभावित भएको छ । विद्यालय प्राङगणमा मनमति खोलाको बाढी पसेर पाँच फिटसम्म डुबानमा परेपछि विद्यालयको 21150360_1215139495257315_383058681753976379_nपठनपाठन प्रभावित भएको हो ।

बाढीका कारण विद्यायलको भौतिक सामाग्री समेत नष्ट भएको जनाउँदै विहिवार सामाजीक सञ्जालमार्फत विद्यालय प्रशासनले शुक्रवार र शनिवार विद्यालयका पूर्व विधार्थी , वहालवाला विद्यार्थी र स्थानीय समाजसेवी लगायत सरोकारवाला निकायमा सहयोगको लागि अपिल गर्दै सरसफाइ अभियान सञ्चालन गरिएको छ ।

यो क्रम शनिवार पनि जारी रहने विद्यालयले जनाएको छ । ज्ञानोदय बिद्यालयमा पसेको बाढीको हिलोको कारण विद्यालय परिसरको यत्र तत्र सर्वत्र  हिलाम्मे  र पानीले छताछुल्ल  भएकाले  विद्यालयको बढाइ सुचारु हुन अझै केहि दिन लाग्ने  बताईएको  छ ।