शुक्रबार, चैत्र १६, २०८०

ज्ञवालीको निधनमा दुःख व्यक्त

 काठमाडौ असोज २८,  नेपाल पत्रकार महासङ्घले नेपाल रिपब्लिक मिडिया तथा कान्तिपुर पब्लिकेशन्सका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको शनिबार ७९ वर्षका उमेरमा निधन भएको छ । छातीमा असजिलो भएपछि बाँसबारीस्थित गङ्गालाल हृदय केन्द्रमा उपचारका लागि लगिएकामा ज्ञवालीको उपचारकै क्रममा शनिबार निधन भएको हो । 

यसैवीच नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले आज एक विज्ञप्ति जारी ज्ञवालीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक योग्य, अनुभवी र व्यावसायिक पत्रकारिताका अभियानकर्मीलाई गुमाएको जिकिर सहित ज्ञवालीले व्यावसायिक पत्रकारिताका लागि निर्वाह गर्नुभएको अतुलनीय भूमिकाको नेपाली पत्रकारिता जगत्ले सदा स्मरण गरिरहने जनाएको छ । स्व ज्ञवालीका श्रीमती र तीन छोरा हुनुहुन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।