बिहिबार, बैशाख १३, २०८१

जोधपुरस्थित विशेष अदालतको फैसला: आसारामलाई जन्मकैद

समाचार एजेन्सी वैशाख १२ ,  नाबालिग बलात्कार मुद्दामा भारतीय धर्मगुरु आसाराम बापूलाइ जोधपुरस्थित विशेष अदालतले दोषी ठहर गर्दै  जन्मकैदको फैसला गरेका छन ।  समाचार एजेन्सीका अनुसार प्रस्तुत मुद्दाको सुनवाइ गर्ने क्रममा आसारामलाइ जन्मकैद र शिल्पी र शरदलाई २०/२० वर्षको जेल सजाय तोकिएको उल्लेख गरेका छन ।

७७ वर्षीय आसारामविरुद्ध सन् २०१३ मा आश्रममा १६ वर्षीया एक किशोरीमाथि बलात्कार गरेको आरोप लागेको थियो । किशोरीका आमाबुवा आसारामका भक्त थिए । १५ अगस्ट २०१३ मा बलात्कृत भएकी ती किशोरीले त्यसको पाँच दिनपछि २० अगस्टमा प्रहरीमा उजुरी दिएलगत्तै पक्राउ गरिएका आसाराम करिब पाँच वर्षदेखि प्रहरी हिरासतमै रहेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।