बिहिबार, बैशाख १३, २०८१

जातीय आधारमा विभेद गर्ने जो–कोही भएपनि कडा कारबाही : गृहमन्त्री थापा

काठमाडौं जेठ २१,   गृहमन्त्री रामबहादुर थापाले जातीय आधारमा विभेद गर्ने जो–कोही भएपनि कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।  जातीय भेदभाव तथा छुवाछूत उन्मूलन १२औं राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोग, उपेक्षित, उत्पीडित र दलितवर्ग उत्थान विकास समिति जागरण मिडिया सेन्टरलगायत संघसंस्थाद्वारा आज आयोजित ‘जातीय भेदभाव तथा छुवाछूतको वर्तमान अवस्था र समाधानको उपाय’ विषयको अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

 त्यस्तै उहाँले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि देशव्यापी अभियान नै सञ्चालन गर्ने जनाउ दिदै जातीय छुवाछूत वा विभेद गर्नेलाइ हदैसम्मको कारबाही गर्ने बताए ।

 कार्यक्रममा नृपाका नेता तिलक परियार जीतु गौतमलगायतले पनि जातीय भेदभाव तथा छुवाछूत समाजमा अझै सविद्यमान रहेको तर्फ आफ्नो आशय अभ्व्यिक्त गर्दै यसको अन्त्य हुनुपर्नेमा जोड दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।