बिहिबार, बैशाख १३, २०८१

जागरणको क्षितिज रंगाइरहें

 काठमाडौ फागुन २४,

 चौतारीका वसिविंयालोमा केही
उकाली वरालीका कथाहरु लेखिरहें
काँधमा कर्तव्यका पुन्तुराहरु केही
बेहिसाब चुनौतिका चुचुरा चढिरहें ।
केहीपल सफलताको  सुसेली सुसेल्न
असिमित हिॅउका  गोरेटाहरु छिचोलिरहेॅ ।
सपना जोगाउने कोशिशमा

बिपनाहरु सिंगारिरहें , ति सप्तरंगी सपनाहरु  बिदेशमै हराइरहे ।
गाउंबाटै अरुणोदयको बिहान झुल्काउन
युवा सपनालाई  तन्द्राबाट ब्युझाउनु नै थियो ।
र त मैले जागरणको क्षितिज रंगाईरहें ।

यो भूमिको कणकण माटाका कान्ला
भगिरथका पूर्खा सरह तृषितै रहे ।
किसानको निधारबाट चुहिने मोतिहरु
माटोको तृष्णामा बिलाइरहे ।
माटोलाई अजम्मरी तृप्ती हेतु
माटोलाई अबिरल  बलिदान स्वरुप ।
म भने बालुवाको बगरै बगर
गंगा आगमन निम्त्याउन हिंडिरहें ।

-किरन कार्जित-

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।