बुधबार, बैशाख १२, २०८१

जस्तो नाम उस्तैै काम- निःसन्तान दम्पतीहरुलाई सन्तान वर दिने सन्तानेश्वर महादेव

काठमाडौं श्रावण ३, नेपाल मन्दिरै मन्दिरको देश हो। त्यसमाथि राजधानी काठमाडौंका मन्दिरको संख्या गनिसाध्य छैन। यहाँका प्रत्येक टोल र घुम्तीपिच्छे सानाठूला मन्दिर छन्, जुन नेपालका सांस्कृतिक सम्पदा हुन्, पर्यटन गन्तव्य पनि । त्यस्तै वर्षका १२ महिनामा फरक – फरक महिना फरक- फरक देवदेवीको पूजा Anup_20170717_254अर्चना हुने गर्दछ    यहाँ  ।  यसैक्रममा धार्मिक मान्यता अनुसार श्रावण महिना भगवान् शिवलाई मनपर्ने महिना हो । श्रावण महिनामा भगवान शिव लाई श्रद्धापूर्वक पूज्ने गरिन्छ । श्रावण महिनामा यहाँका प्रत्येक महादेवका मन्दिरहरूमा महिना दिन जस्तो मेला नै लाग्ने गर्दछ । त्यस्तै भगवान महादेवको प्रिय महिना श्रावण भएजस्तै महादेवलाई मान्ने बार सोमबार भएकाले श्रावण महिनाको सोमवारका दिन त झन महादेवलाई अति श्रद्धाभाव राखेर भक्तजनले पूजा आराधना गर्दछन् ।

मुलत आफ्नो मनोकामना पूरा होस भन्दै श्रद्धापूर्वक श्रद्धालु भक्तजनले श्रावणे सोमबारका दिन महादेवको व्रत बसेर आ–आफ्ना टोल, छिमेक क्षेत्रमा भएका महादेवको पूजा गर्नुको अलावा रातो सारी लगाएर र हरियो चुरामा सजिएर समूहसमूह बनाएर महिलाहरू महादेवको मन्दिरमा जादै गर्दाको दृष्यमात्र पनि आफैमा मनमोहक हुँने गर्दछन ।  श्रावणे सोमवारको दिन मेला लाग्ने पशुपति महादेव, दुम्जाको कुशेश्वर महादेव, कविलासको कपिलेश्वर महोदव र नृत्येश्वर, पाटनका कुम्भेश्वर महादेव, गोकर्णको गोकर्णेश्वर महादेव, भक्तपुरका डोलेश्वर महादेव र दत्तात्रेय, काठमाडौंको कुलेश्वर महादेव लगायतका मन्दिरहरूमा भव्य र सव्य मेलाक लाग्नुको अलावा सोमबारका दिन भक्तजनको घुइचो पनि त्यतिकै हुने गर्दछ ।

ॐ त्र्यम्बकम् यजामहि सुगन्धिम् पुष्टि वर्धनम उर्वारुक मेववन्दिता मृत्योर मुक्छिर मामृतात्म।।

यसैक्रममा आ- आफ्नै विशेषता वोकको यि महादेव मन्दिरको मध्ये कामपा वडा न १९ मरुहिटीस्थित सन्तानेश्वर महादेव मन्दिरमा श्रावणे सोमवारका दिन पूजा अर्चना र दर्शन सहितको रुद्राभिषेक गर्नाले निःसन्तान दम्पतीहरुलाई सन्तान प्राप्त हुने, सन्तान भइसकेको भए उनीहरुको भविष्य उज्व्वल Anup_20170717_255हुने, सुयोग्य जीवनसाथी प्राप्त हुने लगायतका मनोकाङ्क्षा पूर्ण हुन्छ भन्ने जनविश्वास रहेको छ । जस्तो नाम उस्तैै काम भने जस्तै यस सन्तानेश्वर मन्दिरमा भक्तिभावले लीन भई एकाग्र चित्त गरी पुजा आराधना, रुद्रि, अभिषेक गर्दा आफुले चिताएको कुरा पुगेको, मागेको फल प्राप्ति भएको भनि  मन्दिरका पूजारी शिवचन्द्र झाले जानकारी दिनु भएको   । त्यस्तै भक्तजनहरु पनि यहि विस्वासका कारण यस मन्दिरमा दिनहुँ दर्शको लागि आउँने गरेको हामी सहजै देख्न सक्छौं ।

परम्परागत रुपमा स्थानीय बासिन्दा वडा समितिको सहयोग र सम्बर्धनमा संरक्षित  रहदै आएको यस सन्तानेश्वर महादेव परिसरको निरन्तर विकास र सम्बर्धनका लागि स्थानीय मरुहिटी क्लव, मन्दिर जिर्णोद्दार समिति हुँदै अहिले पूजारी झाको अध्यक्षतामा सन्तानेश्वर महादेव मन्दिर व्यवस्थापन समिति क्रियाशील रहेका छन । प्रस्तुत समितिलाइ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा संस्थागत रुपमा दर्ता गर्ने तयारी समेत हुँदै गरेको समितिका सदस्य राजेन्द्र झाले जानकारी दिनु भएको छ ।   त्यसो त सन्तानेश्वर मन्दिरको भौतिक एवं सांस्कृतिक विकासका लागि स्थानीय , भक्तजन, वडा  समिति समाजसेवी लगायतले यथासक्य सहयोग पु-याउदै आइरहेका छन । त्यसपश्चात् विभिन्न समयमा भक्तजनहरुले चढाएको सहयोगबाट मन्दिर परिसरमा अन्य थप निर्माण कार्य पनि हुदै आएका छन ।  

त्यस्तै स्थानीय र श्रद्धालुको सहयोग र सल्लाहमा नव गठित यस सन्तानेश्वर महादेव व्यवस्थापन समितिले मन्दिरको बृहत्तर विकासको लागि एक गुरु योजना तयार गर्ने र गुरुयोजना मुताबिक अवका दिनमा चरणबद्ध रुपमा निमार्ण कार्य गर्दै सन्तानेश्वर महादेब रहेको यस पवित्र भूमिलाइ काठमाडौं महानगरपालिका अन्र्तगत सञ्चालित बसन्तपुर दरवार क्षेत्र संरक्षण कार्यक्रम अन्र्तगत धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै मनोकांक्षा पूरागर्ने सन्तानेश्वर महादेव मन्दिरको नाम जस्तै काम गर्नुपर्ने देखिन्छ ।  -श्री ज न