बुधबार, बैशाख १२, २०८१

जनतालाई सुसूचित गराउन पत्रकारलाई आयुक्त तिम्सिनाको आग्रह

  काठमाडौं असोज १९, सूचना आयोगकी आयुक्त यशोदादेवी तिम्सिनाले राज्यले खेलकुद क्षेत्रमा ठूलो लगानी गरेकोले त्यससँग सम्बन्धित सूचना माग्न पत्रकारलाई आग्रह गर्नुभएको छ ।  नेपाल पत्रकार महासंघ, मिडिया कन्टेन्ट समितिले “सूचनाको हक र खेलकुद पत्रकारिता” विषयक अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै आयुक्त मिम्सिनाले जनता सचेत भए भने कठालो समातेर सूचना लिनसक्ने हुनाले जनतालाई सुसूचित गराउन पत्रकारलाई आग्रह गर्नुभएको हो ।

महासंघका महासचिव रमेश विष्टले कार्यान्वयको हिसाबले जनतालाई सबैभन्दा बढी अधिकार दिएको कानुन भनेकै सूचनाको हक सम्बन्धी कानुन भएको बताउँनु भएको उक्त कार्यक्रममा   वरिष्ठ खेलकुद पत्रकार सीताराम अग्रहरीले नेपालको खेलकुद क्षेत्रको विकासमा खेलकुद पत्रकारको महत्वपूर्ण भूमिका रहेको भन्दै नेपालको खेलकुद क्षेत्रमा रहेका बेथितिलाई अन्त्य गर्न पत्रकाहरु चनाखो हुनुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रमका संयोजक एवं महासंघका केन्द्रीय सदस्य राधेश्याम दाहालले सूचनाको हकको प्रयोगले खेलकुद पत्रकारिता क्षेत्रमा पारेको प्रभावका बारेमा समिक्षा तथा सुझावका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।