बुधबार, बैशाख १२, २०८१

जनतालाइ गुणस्तरिय औषधि दिनु सरकारको दायित्व: मन्त्री यादव

 काठमाडौ मंसिर ६, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मुलक आत्मानिर्भर बन्न सक्ने औषधिको पहिचान गर्दै भोलीका दिनमा त्यस्ता औषधि नभइ उत्पादनका लागि आवश्यक कच्चा पर्दाथ मात्र आयात गर्ने गराउँने व्यवस्था गर्न लागेको बताउँनु भएको छ । औषधि व्यवस्था विभागको आव ०७४ /०७५ को तेस्रो चौमासिक तथा वार्षिक समिक्षा बैठकलाइ सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै उहाँले यस्तो व्यवस्था कार्यान्वयन हुनका लागि नेपाली औषधि कम्पनीले उत्पादन गर्ने औषधि शतप्रतिशत गुणस्तरिय एवम् सर्वसुलभ हुन पर्ने जिकिर गगर्दै जनतालाइ गुणस्तरिय औषधि दिनु सरकारको परम दायित्व भएको र यसमा कुनै सम्झौता नहुने बताउँनु भएको छ । साथै उहाँले विगतमा औषधिका लागि भारतप्रति आश्रित रहेको बंगलादेशले अहिले आफ्नै मुलुकमा औषधि उत्पादन मात्र नभइ अन्य मुलुकमा समेत निर्यात गर्ने गरेको बताए । सम्बोधनकै क्रममा उपपधानमन्त्री यादवले आयुुर्वेदिक औषधिको लागि नेपाल महत्वपूर्ण भूमि रहेको जनाउ दिदै यहाँ उत्पादित कच्चा पर्दाथ विदेश जाने परम्पराको अन्त्य गर्दै मुलुक भित्रनै उच्च्कोटीको औषधि उत्पादन गर्ने वातावरण बनाउँन आवश्यक रहेको र यसका लागि सरकाले गुहकार्य सुरु गरिसकेको बताए ।

त्यस्तै बैठकमा नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले औषधि व्यवसायको नविकरण वार्षिक नभइ ५ वर्षको एक पटक गर्ने व्यवस्था कार्यान्वयन गर्नु पर्नेमा जोड दिदै एक्सपाएर भएको औषधिको विस्थापनको लागि विभागले पहलकदमी लिनु पर्ने बताए ।
नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालले औषधिको आत्मा निर्भरताको प्रसंगमा राज्यले तत्काल नितिगत निर्णय गनुपर्ने बताउँदै नेपालस् उद्याृगको संरक्षण गर्नु पर्नेमा जोड दिदै गर्दा औषधि आयातकर्ता संघका उपाध्यक्ष शम्भु कुमार कार्कीले राष्ट्रिय औषधि उद्योगलाइ सरक्षण गर्ने नाममा अरु उद्योगलाए विस्थापन गर्न नहुने र औषधि व्यवसायमा प्रतिस्प्रर्धा हुनुपर्ने जिकिर सहित कुनैपनि नाममा औषधि आयातमा रोक लगाउँन नहुँने बताए ।

कार्यक्रममा आयुर्वेदिक औषधि उत्पादक संघका सुमन पाण्डे लगायतका वक्ताहरुले समेत आ-आफ्नो व्यवसायको समस्या र समाधानका लागि आवश्यक सुझाव दिदै कार्यान्वयनको लागि आग्रह गर्नु भएको थियो ।