बिहिबार, बैशाख ६, २०८१

जनताको पीडा बुझेर सेवामा खट्न मेयर साहको निर्देशन

 रौतहट असोज २७ , प्रदेश नम्बर २ अन्र्तगत रौतहटस्थित मौलापुर नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधीको सम्मानमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै पहिलो महिला मेयर रिना कुमारी साहले ढिलासुस्ती नगरी जनताको काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ । रौतहटको मौलापुर नगरपालिकाको मेयर पदमा निर्वाचित साहले आफू पनि जनताको पिरमार्का बुझेर सेवामा खट्ने बताउनुहुँदै कर्मचारीलाई पनि जनताको पीडा बुझेर सेवामा खट्न निर्देशन दिनुभएको हो ।

त्यस्तै विकसित र समृद्ध समाज निर्माणको लागि महिलाको जागरण आवश्यक रहेको उल्लेख गर्नुहुँदै मेयर साहले त्यसका लागि घर–घरबाट पहल चाल्न आवश्यक रहेको बताउनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  मौलापुर नगरपालिकाका उप–मेयर गौरीशंकर जयसवालले मौलापुरलाई नमुना नगरपालिकाको रुपमा विकास गर्न आफूहरु प्रतिबद्ध रहेको बताउँदै यसको लागि निर्वाचित सबै टिमले एकसाथ मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभएको उक्त कार्यक्रममा मौलापुर स्थित विभिन्न सरकारी कार्यालयका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2017
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30