शुक्रबार, बैशाख ७, २०८१

छापचौरमा श्रीमत भागवत महापुराण महायज्ञको आयोजना गरिने

 देबेन्द्र केसी / नयाँ दिल्ली, भाद्र ३ ,   पंडित दिनबन्धु पोख्रेलको मुखारविन्दुबाट छापचौरमा आगामी असोज ९ देखि १६ सम्म श्रीमत भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा शैक्षिक महोत्सव २०७५ हुने भएको छ । 

गण्डकी गाँउपालिका अध्यक्ष बेद थापा मगर , उपाध्यक्ष तारा थापा र दुर्गा भवन उच्च माध्यामिक बिधालयका ब्यवस्थापन समितिका अध्यक्ष दयाराम आचार्य संरक्षक रहेको र पालिका वार्ड नं सात भुर्तुङ्गका अध्यक्ष लोकप्रताप शाह निर्देशक रहेको महायज्ञ मुल आयोजक समितिको अगुवाइमा हुने प्रस्तुत श्रीमत भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा सहबाचक तथा संङ्कल्पकर्ता धुर्वसरण बस्यालले पनि अलौकिक ज्ञान बाचन गर्ने भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

 महायज्ञबाटआर्जित दानदातव्यबाट शिव ,पार्वतीले तपस्या गरेको किन्वदन्ती रहेको कौडेलेख र मनोरम कालीलेखको काखमा रहेको प्रर्यटककीय कालीगण्डकी गाँउपालिका ,वार्ड नं ७ छापचौरस्थित दुर्गाभवन उच्च माविलाई नमुना प्राविधिक बिधालय बनाउने लक्ष्य निर्धारण गरिएको आयोजकसमितिले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु