बिहिबार, चैत्र १५, २०८०

चैत ११ देखि १३ गतेसम्म प्रथम राष्ट्रिय सहकारी महासम्मेलनको आयोजना गरिने

  काठमाडौ फागुन १९, सहकारीमार्फत दिगो आर्थिक विकास र सामाजिक न्याय भन्ने नाराका साथ प्रथम राष्ट्रिय सहकारी महासम्मेलन आगामी चैत ११ देखि १३ गतेसम्म काठमाडौँमा हुने भएको छ ।  प्रथम राष्ट्रिय सहकारी सहासम्मेलन आयोजना सम्बन्धमा जानकारी दिन महासम्मेलन मूल समारोह kbadalसमितिले आज आईतवार पत्रकार सम्मेलन गरी नेपालमा सहकारी क्षेत्रमा हालसम्म भएका उपलब्धिको सिंहावलोकन तथा भावी कार्यदिशा तय गर्न र संविधानमा सहकारी क्षेत्रलाई उचित स्थान दिई सहकारी मत्री ऐन÷नियम तर्जुमा गर्न सहकारी महासम्मेलनको आयोजना गरिन लागेको जानकाी दिइएको छ । 

त्यस्तै नेपालमा हाल २९ हजार ५२६ प्रारम्भिक सहकारी संस्था, २८५ जिल्लास्तरीय सङ्घ, एक राष्ट्रिय सहकारी बैंकसमेत गरी विभिन्न विषयका १७ केन्द्रीय सहकारी सङ्घ र छाता सङ्गठन राष्ट्रिय सहकारी सङ्घ छन् । नेपालमा सहकारी अभियानमा ४८ प्रतिशत महिलासहित ४२ लाखभन्दा माथि सदस्य संलग्न रहेको जनाकारी दिदै मूल समारोह समितिका सहअध्यक्ष तथा राष्ट्रिय सहकारी सङ्घ लिमिटेड नेपालका अध्यक्ष केशवप्रसाद sahakari-bibhag-2बडालले महासम्मेलनले संविधानमा सहकारीमैत्री कानुन बनाउनाका साथै सर्वसाधारणमा सहकारीप्रति सकारात्मक भावना जागृत गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रस्तुत महासम्मेलनले सहकारी सङ्घ÷संस्थाप्रतिको विश्वसनीयता वृद्धि गरी, कमजोर वर्ग, क्षेत्र र समुदायको आर्थिक उपार्जन र सामाजिक सशक्तीकरणमा सहकारी पद्धतिलाई उत्तम व्यावसायिक नमुनाका रूपमा अपनाउँदै राष्ट्रको आर्थिक वृद्धि, रोजगारको सिर्जना र गरिबी निवारण गर्न सहयोग पुग्ने पत्रकार बताउँदै महासम्मेलनमा विश्व सहकारी अभियानको सबैभन्दा माथिल्लो निकाय अन्तर्राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष डेम पाउलिन ग्रीनलगायत विदेशी सङ्घ÷संस्थाका प्रतिनिधि, सभासद्, विश्वविद्यालयका पदाधिकारी र प्राध्यापक, मन्त्रालय, आयोग÷बोर्ड, सहकारी बैंक र ७५ वटै जिल्लाका जिल्लास्तरीय सहकारी सङ्घ÷संस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी करिब ७५० प्रतिनिधिको सहभागितासम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।