बिहिबार, चैत्र १५, २०८०

चैत्रभित्र प्रतिबन्ध नहटाए सरकारका कार्यक्रममाथि नै प्रतिबन्ध लगाउने विप्लवको चेतावनी

काठमाडौं चैत १२ सरकारद्दारा प्रतिबन्धित नेकपा विप्लव समूहले आफूमाथि सरकारले लगाएको चैत्रभित्र प्रतिबन्ध नहटाए सरकारका कार्यक्रममाथि नै प्रतिबन्ध लगाउने चेतावनी दिइएको छ ।

महासचिव नेत्रविक्रम चन्द विप्लवद्दारा सोमवार  जारी विज्ञप्तिमा आफूहरुमाथि लगाइएको प्रतिबन्ध हटाउन सरकारसँग माग गर्दै यस्तो चेतावनी दिएको हो ।

त्यस्तै विज्ञप्तिमा सरकारी प्रतिबन्धको विरोधमा विप्लव समूहले विभिन्न आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गदै मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली लगायत नेता कार्यकर्ताको रिहाइको समेत माग गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।