शुक्रबार, चैत्र १६, २०८०

चेकजाँचको क्रममा विस्फोटक सामग्रीसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं मंसिर १५,  नेपाल प्रहरीले काँकडभिट्टाबाट काठमाडौं  आउँदै गरेको बसको चेकजाँचको क्रममा प्रेसरकुकर बम, दुई सकेट बम लगायतका विस्फोटक सामग्रीसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्राप्त समाचारमा उल्लेख भएअनुसार प्रहरीले ना७ख ४९७६ नं को बसमा सवार भारत आसामका २३ वर्षीय राजु विश्वास र पश्चिम बंगालका ३० वर्षीय मोहमद फरमान अलीलाई विष्फोटक  प्रेसरकुकर बम, दुई सकेट बम र विस्फोटक   सामग्रीसहित पक्राउ गरिएको  हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।