शुक्रबार, बैशाख १४, २०८१

चिनीको मूल्य निर्धारण गर्दै कालोबजारी र कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि रोक्न सरकारलाई निर्देशन

काठमाडौं असोज २५,  प्रतिनिधिसभा अन्र्तगतको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको हित हुनेगरी तत्काल चिनीको मूल्य निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले चिनीको आयातमा परिमाणत्मक बन्देज लगाइनुअघि आयात भएको चिनी गोदामको तत्काल अनुगमन गर्न र गैरकानुनी कार्य गरेको पाइएमा गोदममा सिलबन्दी गरी कारबाही गर्नसमेत सरकारलाई निर्देशन दिनुको अलावा उखु किसानले चीन उद्योगीबाट पाउनुपर्ने बाँकी बक्यौता रकम तत्काल किसानलाई उपलब्ध गराउनसमेत समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै समितिले चाडपर्वका समयमा दैनिक उपभोग्य सामग्रीमा हुने अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई सचेत गराउँदै समितिले खाद्यान्न, ड्राइफुड, फलफूल, माछामासुलगायत उपभोग्य वस्तुको अत्यधिक र अस्वाभाविक मूल्यवृद्धि रोक्न सरकारलाई निर्देशन दिएको छ ।त्यस्तै खाद्यान्नमा मिसावट, कालोबजारी र कृत्रिम अभाव सिर्जना गरी ठगी गर्नेमाथि अनुगमन गरी कडाभन्दा कडा कारबाही गर्न, चाडबाडअघि उपभोक्तालाई आवश्यक पर्ने खसीबोका, भेडा, च्यांग्रा, हाँस, कुखुराको व्यवस्थापनका पक्ष र मरेका पशुचौपायाको बिक्री–वितरण गर्ने कार्यमा तत्काल नियन्त्रण गर्न तथा पशुबधशालाको प्रभावकारी अनुगमन गरी त्यसको प्रतिवेदनसमेत समितिलाई उलब्ध गराउन निर्देशन दिइएको छ ।

ठूलो मात्रामा खाद्यान्नको कारोबार हुने चाडपर्वका बेला देशका विभिन्न भागमा पर्याप्त मात्रामा सहुलियत पसल खोली सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य सामग्री उपलब्ध गराउन पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको आपूर्ति व्यवस्था सहज बनाउन, चाडबाडअघि मूल्यवृद्धि तथा मूल्य समायोजन नगर्नसमेत सरकारलाई निर्देशन दिइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।