बिहिबार, चैत्र १५, २०८०

चितवन प्रहरीको सर्च अभियान: विप्लव समूहका जिल्लास्तरिय ७ नेता पक्राउ

काठमाडौं चैत १३,  सरकारद्दारा अपराधिक समूह घोषित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका जिल्लास्तरिय ७ जना नेतालाइ पक्राउ  गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनलाइ उदृत गर्दै प्राप्त समाचारमा गत फागुन २९ गतेदेखि शुरु गरिएको सर्च अभियान अन्र्तगत आजसम्म जिल्लाका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै प्राप्त समाचारमा उल्लखभएअनुसार पक्राउ पर्नेमा विप्लव समूह निकट जिल्ला सचिवालय सदस्य राजकुमार तिमिल्सिना, अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पसका एकाइ अध्यक्ष विक्रम न्यौपाने, राप्ती नगरपालिका जनसरकार प्रमुख गुणराज श्रेष्ठ, जिल्ला सदस्य वीरबहादुर तामाङ, अखिल क्रान्तिकारी चितवन यातायात व्यवसायी सङ्घका अध्यक्ष मित्र केसी र चितवन १ नम्बर इलाका इञ्चार्ज जयबहादुर कुँवर रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।