बिहिबार, बैशाख १३, २०८१

चिकित्सकमात्रै होइन सबै जना आ-आफ्नो पेशामा इमान्दार हुनुपर्छ : विडारी

काठमाडौ असोज ११ सर्वसाधारणको उपचारको पहुँचलाई ध्यान दिँदै तराई विकास तथा सञ्चार केन्द्रले नागरिकको स्वास्थ्य उपचारको अवस्था र विद्यमान परिमार्जित ऐन विषयक अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले सम्बोधन गर्दै सरकारले जारी गरेको ऐनबाट कोहीपनि डराउन नपर्ने बताउँदै चिकित्सकमात्र होइन सबै जना आ आफ्नो पेशामा इमान्दार बन्नुपर्छ भन्दै सभापति विडारीले कानुन अशोशधिनिए होइन यसलाई संशोधन गर्न यसमा कसैले पनि चिन्ता लिनुपर्दैन भन्नुभयो ।
कार्यक्रममा सभापति विडारीले नयाँ ऐन भर्खरै कार्यान्वयन आएकाले सबै क्षेत्र चनाखो भएको प्रसङ्गलाई संकेत गर्दै कानुन समयानुकुल बनाउन आफ्नो तर्फबाट सहयोग रहने बताउनुभयो । चिकित्सक र निजी अस्पतालहरु सबै खराब नभएकाले थोरै खराबलाई सुधार गर्न नयाँ कानुन आवश्यक रहेको विडारीको भनाई थियो ।

कार्यक्रममा काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले स्वास्थ्य क्षेत्रमा उपचारका क्रममा देखिएका समस्याप्रति जिल्ला प्रशासन कार्यालय सचेत रहेको बताउँदै बजार अनुगमन नियमित चलिरहेको र सरकार भएको अनुभूति जिल्ला प्रशासनले दिने बताउँदै पिडितहरुको लागि न्याय दिने सन्दर्भमा प्रशासन कार्यालय सँधै तत्पर रहेको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले स्वास्थ्य उपचारको क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय स्तरको उपचार पद्दतिको विकास गरेको हुनाले निराश हुनुपर्ने अवस्था नरहेको बताउँदै सानो समस्यालाई ठुलो बनाउने होइन देखिएका समस्यालाई सुधार गर्दै जानुपर्ने बताउनुभयो । कार्यक्रममा महानिर्देशक ढकालले औषधीजस्तो सम्वेदनशील विषयमा विभागले नियमित रुपमा अस्पताल, फार्मेसीहरुमा अनुगमनलाई तिव्रता दिइएको बताए ।

त्यसैगरी कार्यक्रममा निजी अस्पताल छाता संगठनको तर्फबाट शुल्क निर्धारण समितिका संयोजक रवि चौधरीले निजी अस्पतालले गुणस्तरीय सेवा दिँदै जनताको स्वास्थ्यप्रति सम्वेदनशील हुनुपर्ने दायित्वबाट विमुख नभएको बताउँदै लाखौं व्यक्तिहरुलाई निजी क्षेत्रका स्वास्थ्य संस्थाले रोजगारी दिएको बताउँदै शुल्कको सन्दर्भमा सरकारले छलफल गरेर उचित वातावरण बनाए निजी क्षेत्र छलफलको लागि तयार रहेको बताए । कार्यक्रममा संयोजक चौधरीले सञ्चारकर्मीहरुलाई समेत आग्रह गर्दै भने कुनैपनि विषयमा निचोडमा पुग्नुभन्दा पहिला सत्यतथ्य र सन्तुलित समाचारतर्फ ध्यान दिन आग्रह गर्दै भ्रमित समाचार अन्तर्राष्ट्रिय जगत्मा गयो भने देशकै प्रतिष्ठामा आँचपुग्नेतर्फ समेत सचेत रहनु आग्रह गर्नुभयो ।

कार्यक्रममा हेमराज दाहाल, निजी अस्पतालहरुले राज्यलाई करोडौं कर तिर्दै आफ्नो पेशालाई मर्यादित बनाउने सन्दर्भमा सचेत रहेको बताए । त्यसैगरी कार्यक्रममा उपभोक्ताकर्मीका तर्फबाट बाबुराम हुमागाईंले उपभोक्ताको हितमा स्वास्थ्य क्षेत्र गम्भीर बन्नुपर्ने बताउनुभयो । त्यसैगरी कार्यक्रममा चिकित्सक संघका सह कोषाध्यक्ष डा. प्रकाश बुढाथोकीले चिकित्सकहरु दिनरात नभनि आफ्नो पेशाप्रति दत्तचित्त भई विरामीहरुको सेवामा लागेको प्रसङ्ग भुल्न नहुने भन्दै विषयगत डाक्टरहरुको विषयगत ज्ञान हुने भएकाले सबैको मर्यादा कायम गर्न नयाँ बन्ने ऐन केन्द्रित हुनुपर्ने बताउनुभयो । त्यसैगरी औषधी व्यवसायी संघका अध्यक्ष दिपक दाहालले नेपालमा अन्तर्राष्ट्रिय स्तरको औषधी भएको बताउँदै सुलभ मूल्यमा जनतामा औषधी पु¥याउन संघ प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रम सञ्चार केन्द्रका अध्यक्ष गोविन्द प्रसाद चौलागाईं्रले स्वास्थ्य उपचारका क्रममा नागरिक ठगिन नहुने बताउँदै स्वास्थ्य क्षेत्रमा नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रारम्भ भएको सन्दर्भ नेपालीहरुको लागि खुसीको विषय भएपनि स्वास्थ्य उपचार सर्वसाधारणको पहुँचमा पुग्न नसेको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।