बिहिबार, चैत्र १५, २०८०

चिकित्सकको मर्यादामा आँच आउन नदिने मन्त्रालयको प्रतिवद्धता

काठमाडौं साउन ३१, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले भाद्र १ गतेदेखि लागू हुन थालेको मुलुकी अपराध (सहिंता) ऐन २०७४ मा चिकित्सकको दण्ड सजाय सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने जनाएको छ ।  चिकित्सकको दण्ड सजाय सम्बन्धी ऐनमा भएको व्यवस्थाप्रति नेपाल मेडिकल एसोशिएसनका पदाधिकारी र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयवीच भएको छलफल पछि मन्त्रालयले ऐनमा आवश्यकता अनुसार संशोधन गर्दै जाने प्रतिवद्धता अभिव्यक्त गरेका मन्त्रालयका प्रवक्ता रमेश ढकालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “आफ्नो पेशागत कार्य सम्पादन र कर्तव्य पालन गर्दा चिकित्सकको मर्यादामा आँच आउन नदिन आवश्यक व्यवस्था मिलाउन सरकार सजग रहेकोछ ।” ऐनमा उपचारका क्रममा बिरामीको ज्यान गएपछि चिकित्सकलाई समेत कैद गर्ने व्यवस्था गरिएको छ ।

यसैवीच नेपाल चिकित्सक सङ्घले शुक्रवारबाट लागु हुने मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौजदारी कार्यविधि ऐन २०७४लाई संशोधनको माग सहित यसअघि घोषना गरेको आन्दोलनका कार्यक्रम तत्काललाइ स्थगन गरेको छ । संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जारी गर्नु भएका विज्ञप्तिमा पनि ऐनको् दफा नं २३२ मा उल्लेख भएको लापरवाही वा हेलचेक्राइ, बदनियत चिताई इलाज गर्न नहुने शब्दलाई पुष्टि गर्न विशेषज्ञ समिति बनाई छानबिन गर्नुपर्ने माग गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।