बिहिबार, चैत्र १५, २०८०

चाँगुनारायण नगरपालिका नेपालको नमुना नगरपालिका हुँने सांसद बस्नेतको दावी

महेन्द्रग्राम माध्यमिक विद्यालयको अत्याधुनिक सुविधासम्पन्न भौतिक पूर्वाधारको भवन उद्घाटन

राम चन्द्र प्रजापति/भक्तपुर पुस ११,  भक्तपुर क्षेत्र नं २ का सांसद महेश बस्नेतले भक्तपुरमा शिक्षा क्षेत्रमा व्यवस्थित, गुणस्तरिय र प्रभावकारी हुँदै गएको बताउँदै उहाँले शैक्षिक तथा अन्य आवासका पूनःनिर्माण गर्न सरकारले अभियान नै सञ्चालन गरेको बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय पूनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना इकाई मार्फत पूनःनिर्माण भएको महेन्द्रग्राम माध्यमिक विद्यालयको अत्याधुनिक सुविधासम्पन्न भौतिक पूर्वाधारको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाइ सबोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले भक्तपुरका चारवटै नगरपालिकामा रहेका सम्पदा वस्तीलाई संरक्षण गर्न ६ अर्व बरावरको रकम प्रस्ताव गरी काम अघि बढेको जानकारी दिदै अवको केही वर्षमा चाँगुनारायण नगरपालिका नेपालको नमुना नगरपालिका हुने दावी गर्नु भएको छ । त्यस अवसरमा उहाँले विद्यालयका पूर्व प्रअ समेत रहेका चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, पूर्वशिक्षक निर्मल भट्टराइ लगायतलाई सम्मान समेत गर्नु भएको थियो ।

स्कुल व्यवस्थापन समितिका अध्यक्ष राजु सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा चागुनारायण नगरपालिकाका वडा न ८ का वडा अध्यक्ष पारासर सापकोटा लगायतलाई स्कुलको अझ प्रगतिको शुभकामना अभिव्यक्त गर्नु भएको उक्त कार्यक्रममा पाँच करोडको लागतमा निर्माण भएको उक्त सुविधासम्पन्न विद्यालयमा गोवर ग्यास, खेलमैदान, व्यवस्थित ट्वाइलेट, पुस्तकालय, कम्प्युटर ल्याव तथा प्लेग्रुपका बालबालिकालाई आवश्यक पर्ने समग्रीहरु समेत रहेको जानकारी दिईएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।