मङ्लबार, बैशाख ११, २०८१

चर्चित नायिका शाह झापा जाँदै

 काठमाडौं भाद्र ११,  चर्चित नायिका सामराज्ञी राज्य लक्ष्मि शाह झापा जाने भएकी छिन् । एजुकेशन एण्ड माइग्रेसन कर्नरको आयोजनामा हुने गाइरहेको एजुकेशनल सेमिनारमा सहभागी हुन शाह भापा आउन लागेकी हुन् ।

शाह एजुकेशन एण्ड माइग्रेशन कर्नरकी ब्राण्ड एम्बेष्टर समेत रहेकी छिन् । उनी आगामी भाद्र १६ गते बिर्तामोडको होटल होलिडे होममा हुने सेमिनारमा सहभागी हुने एजुकेशन एण्ड माइग्रेसन कर्नरका निर्देशक सुनिल उप्रेतीलाइ उदृत गर्दै प्राप्त समाचारमा उलेख गरिएको छ ।

सेमिनारमा अष्ट्ेलिया, युरोप, जापान लगायतका देशमा उच्च शिक्षाका लागि जान चाहने नेपाली बिधार्थीहरुलाइ परामर्श दिइने छ । कार्यक्रममा बिभिन्न एजुकेशनल गेम्स पनि रहने बताइएको छ । सेमिनारमा फ्रि इन्ट्ीको व्यवस्था गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।