शनिबार, बैशाख ८, २०८१

च:मतिमा चार दिवसीय दन्त शिविर

-शरण डंगोल-
काठमाडौं माघ १६ , काठमाडौं महानगरपालिका वडा न. १५ र भेन्छेन फुन्छोक धाग्र्येङ्ग गुम्बा, फ्रि–क्लिनिकको संयुक्त आयोजनामा चार दिवसीय   नि:शुल्क दन्त शिविरको आयोजना गरिएको छ ।

कामपा वडा न १५स्थित चःमति नेवाः खलःको कार्यालय परिसरमा माघ १९ गते सञ्चालनमा रहने उक्त शिविरमा आज दुइजर्दन भन्दा बढि दन्त सम्बन्धि समस्याबाट प्रताडित व्यक्तिले सेवा प्राप्त गरेको आयोजक संस्थाले जनाएको छ ।

शिविरमा डा. कर्मा तासि लामा र डा. कर्मा डोल्मा लामा थापा सहित सरु सेरचन र सृजना श्रेष्ठले   सेवा प्रदान गरिरहनुको भएको छ भने चःमति नेवाः खलः, चःमति मिसा खलः र चःमति सुधार समितिले स्वयमसेवाको काम गर्दै आएको शिविरका संयोजक छिरिङ्ग फिन्जो लामाले बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।