शुक्रबार, चैत्र १६, २०८०

चण्डी वावा भन्नुहुन्छ – “चण्डी जगाउ तिमी जाग्दछौ ” , तिमी जागे समाज जाग्दछ

कलहको युग कलिमा शान्ति,संवृद्धी र सफलता हाँसिल गर्न माता महाकालीको साधना गर्नु निर्विकल्प अपरिहार्य छ ।

चण्डी जगाउ तिमी जाग्दछौ ” , तिमी जागे समाज जाग्दछ ,
समाज जागे देश जाग्दछ र तिम्रो देश जाग्यो भने एक दिन सारा संसार जाग्ने छ

काठमाडौ असोज २४,  चण्डी साधक अघोरी श्मशानेश्वर चण्डी (चण्डी वावा)ले आफ्ना श्रद्धेय गुरूदेव अखण्डेश्वर चण्डी वावाद्वारा आफुलाई प्राप्त ‘तत्वाभिषेक महादिक्षा प्रदत्त द्वादश मन्त्र सहश्रसती चण्डी साधना सूत्र’ जनहितका लागि उजागरित गर्नु भएकोछ ।

आक्रन्त विश्व परिवेशमा चाहना, परिस्थिति र परिवन्धले रूमलिएको मनुष्य जातीको हित र कल्याणका लागि चण्डी साधनाको महत्व माथी प्रकाश पार्दै चण्डी वावाले भन्नु भएको छ ‘म सुझाब का साथ भन्दछु ” चण्डी जगाउ तिमी जाग्दछौ ” । तिमी जागे समाज जाग्दछ , समाज जागे देश जाग्दछ र तिम्रो देश जाग्यो भने एक दिन सारा संसार जाग्ने छ ।संसारमा सनातन सभ्यता र सस्कृतीले ब्यापकता लिने छ । चण्डी वावाले आफ्नो वर्षौ देखिको तपस्या र चण्डी साधनावाट प्राप्त अनुभूति व्यक्त गर्दै भन्नु हुन्छ ‘चेतनसिल प्राणी मानव जाती सेलाएको एक शौर्य पिण्ड हो । मानव पिण्डको संचालिका भनेकी माता चण्डी कुण्डलिनी महाशक्ती हुन ।

‘तत्वाभिषेक महादिक्षा प्रदत्त द्वादश मन्त्र सहश्रसती चण्डी साधना सूत्रको 

PDF  का लागि यहाँ क्लिक गर्नुहोला

यसैले हरेक मानवले आफ्नो आन्तरिक शक्तिको प्रवलता र वाह्य जीवनलाई व्यवस्थित गर्न चण्डी साधना गर्नु अनिवार्य छ ‘। चण्डी वावा भन्नुहुन्छ ‘ हरेक मानवले आफ्नो आध्यात्मिक पक्षलाई सवल वनाउने सहज विधी नै चण्डी साधना हो ‘ यसैले आफ्नो प्रत्यक्ष अनुभूति सहित आफैले साधना गरिरहेको चण्डी साधना सुत्र सर्वजन हितार्थ प्रकाशमा ल्याएको हुँ । उजागरित चण्डी साधना सूत्र मन्त्रका सम्वन्धमा प्रकाश पार्दै ‘जीवनलाई साधनाको यात्रामा समर्पित गर्दै गरेको साधनारत एक साधकले लोकहित र कल्याण हेतु हरेक मनुष्यको सरल र सफल जीवनको चाहना र कामना गर्नु नै सच्चा साधक धर्म हो ‘। कलहको युग कलिमा शान्ति,संवृद्धी र सफलता हाँसिल गर्न माता महाकालीको साधना गर्नु निर्विकल्प अपरिहार्य छ । चण्डी वावाले वताए अनुसार नित्यको निरन्तरतामा रहेर यो सिद्ध प्रमाणित चण्डी साधना सूत्रलाई साधनाको नियमको पूर्ण पालना गरी पाठ गर्दै गएको खण्डमा कुण्डलिनी महाशक्ति जागरण गर्ने देखी क्रिया योग सम्म पूग्न सकिने सुनिश्चित  छ। 

Published on: Oct 10 , 2018

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।