शुक्रबार, चैत्र १६, २०८०

ङतभुलु अजिमाको १२ वर्षे जात्रा सम्पन्न (फोटो फिचर)

काठमाडौं असोज  २ ,  काठमाडौं महानगरपालिका वडा नं. १८ मा अवस्थित ङतभुलु अजिमा अर्थात श्वेतकाली को १२ वर्षे नाच अन्तर्गत यो वर्ष इन्द्रचोक IMG_2908naradevi 12 barse jatra IMG_3148naradevi 12 barse jatraडबलीमा भाद्र २८ र २९ तथा अन्तिम नाच हनुमान ढोकाको नासलचोक डबलीमा भाद्र ३० र ३१ गते नचाई १२ वर्षे जात्रा सम्पन्न गरिएको छ । वि.सं. २०६६ सालमा नरदेवी डबलीबाट शुरु गरिएको ङतभुलु अजिमा (नरदेवी÷श्वेतकाली) को १२ वर्षे नाच २०७४ आश्विन २१ गते मोहनी फिर्ता गर्ने कार्यक्रम पश्चात १२ वर्षे जात्रा सम्पन्न हुने गर्दछ ।

यसैवीच नेपालमा राजतन्त्र कायम रहेको समयमा गद्दीनशीन राजा स्वयम् नरदेवीको दर्शन तथा पूजा अर्चना गर्न आउने परम्परालाइ निरन्तरता दिदै  स्थित नासलचोकमा श्वेतकाली को १२ वर्षे अन्तिम नाचको अवलोकन गर्न यसपटक राष्ट्रपति विद्या देवी भण्डारी हनुमानढोका पुग्नु भएको थियो ।

त्यस अवसरमा उहाँलाइ स्थानीय क्षेत्रका सांसद एवम पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशी का.म.पा.का मेयर विद्या सुन्दर शाक्य IMG_3157naradevi 12 barse jatra IMG_3167naradevi 12 barse jatra IMG_3179naradevi 12 barse jatraलगायत स्थानिय विशिष्ट व्यक्तित्व लगायत सरकारी अधिकारीले स्वागत गर्नु भएको थियो ।  १२ वर्षे नाचको अवलोकनपछि राष्ट्रपति भण्डारीले देवगणबाट प्रसाद ग्रहण गरी सम्पूर्ण गुठियार खलकलाई दक्षिणा समेत दिनुभएको थियो ।  त्यस्तै देवगणको IMG_2462naradevi 12 barse jatra IMG_2388naradevi 12 barse jatra IMG_2241naradevi 12 barse jatra IMG_2180naradevi 12 barse jatra IMG_2170naradevi 12 barse jatra IMG_2155naradevi 12 barse jatra IMG_2148naradevi 12 barse jatra IMG_2123naradevi 12 barse jatra IMG_2008naradevi IMG_1984naradeviनाचपश्चात भएको अनौपचारिक कार्यक्रममा मेयर विद्या सुन्दर शाक्यले नरदेवी देवघरको पुनःनिर्माण गर्न ९० लाखको बजेट छुट्याइएको  गरेको जानकारी पनि दिनु भयो ।