बुधबार, बैशाख १२, २०८१

घुस रकमसहित वन अधिकृत शाह र मध्यस्तकर्ता जोशी पक्राउ

काठमाडौ फागुन ३० , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा सवडिभिजन वन कार्यालय कैलालीका सहायक वन अधिकृत र एक मध्यस्तकर्तालाई पक्राउ गरेको छ ।

वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दाको मिसिल मिलाइदिन्छु भन्दै सहायक वन अधिकृत भरत शाह र लेखापढी व्यवसायी पुष्प जोशीलाई आयोगले रु रु ३० हजार घुस रकमसहित पक्राउ गरेको आयोगद्दारा जारी विज्ञप्तिमा  उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा गैरकानूनी रुपमा मुद्दाको मिसिल मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिँदालिँदैको अवस्थामा वन कार्यालयको परिसरबाट पक्राउ पक्राउ परेको जनाउँदै वन अधिकृत शाह र लेखापढी व्यवसायी जोशीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

ज्ञात रहोस आयोगले सेवाग्राही बढी हुने सरकारी कार्यालयमा सेवाग्राहीकै रुपमा अनुसन्धान अधिकृत परिचालन गरेपछि नापी, मालपोत, वन कार्यालय तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धमाधम पक्राउ पर्न थालेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।