शुक्रबार, चैत्र १६, २०८०

घरायसी विवादमा छोराले बाबुलाई खुकुरी हाने

 images (7)विराटनगर पौष २३, आपसमा घरायसी विवाद हँुदा छोराले बाबुलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।मोरङको  मधुमल्ला–७ बस्ने २० वर्षीय राज लिम्बूले आफ्नै बाबु ७४ वर्षीय धनबहादुर लिम्बूलाई घरायसी विवाद हुँदा सोमबार खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते लिम्बूको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको बताइएको छ । खुकुरी प्रहार गर्ने राजलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय उर्लाबारीमा हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।