शुक्रबार, चैत्र १६, २०८०

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौ मंसिर १७, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमको सोमवार साँझ बसेको सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको निगम स्रोतले जनाएको छ ।
मूल्य घटेसँगै पेट्रोल प्रतिलिटर ११२ र डिजेलरमट्टितेल ९९ रुपैयाँ कायम भएको छ। समायोजन गरिएको मूल्य सोमवार राति १२ बजेबाट लागु हुनेछ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।