शनिबार, बैशाख ८, २०८१

ग्रहण ग्रहण गर्न सक्ने सामर्थ्यवान मनुष्यका लागि समय चक्रले निर्धारण गरेको शुभ अवसर

-Aghori Shmashaneshwor Chandi-

माघ शुक्ल पुर्णिमाका दिन लाग्ने खग्रास चन्द्रग्रहणको शुभकामना

 काठमाडौं माघ १७, सनातन धर्मालम्वी ज्ञानी,ध्यानी,तपस्वी, विद्धान सर्वजन लाई १५२ वर्षपछि आज माघ १७ गते बुधबार अर्थात आज माघ शुक्ल पुर्णिमाका दिन लाग्ने खग्रास चन्द्रग्रहणको हार्दिक मंगलमय शुभकामना । ग्रहण ग्रह हरण होइन ग्रहण गर्न सक्ने सामर्थ्यवान मनुष्यहरुका लागि समय चक्रले निर्धारण गरेको शुभ अवसर हो ।  वैदिक सनातन सभ्यतामा ग्रहणको घडीमा प्राप्त शुभ अवसरलाई साधक साधिकाले सदगुरुवाट प्राप्त जप, तप, ध्यानमा रहेर मन्त्र साधना गर्न उपयोग गर्दछन । ग्रहणको समयमा साधना गर्दा मन्त्रको प्रत्यक्ष प्रभाव अनुभुत गर्न सक्ने वा पुर्णताको चरणमा रहेका साधक साधिकाहरुले आफ्नो साधना लाई सिद्ध गर्न सक्ने सनातन बिश्वास आज पर्यन्त विद्यमान छ।

हामी सभ्यताको पुनर्जागरण र पुनर्स्थापनाका लागी आफु आफुमा उत्साही छलफल र तर्क वितर्क सकृयता पूर्वक गर्दछौ, तर त्यसलाई व्यवहारिक र मूर्तरूप दिने संवन्धमा आफै चुक्छौ वा आफै हराउदछौ । यो हाम्रो पछिल्ला घटनाक्रम र हाम्रा प्रयोगहरूले देखाएका वास्तविकता हुन् ।  ग्रहण किमार्थ त्याज्य विषय होइन ग्रहण भनेको ग्रहण गर्नु वा प्राप्त गर्नु हो । भौतिक मतमा वा शरिरजन्य सुरक्षाका संम्वन्धमा ग्रहण लाई भय र त्रासको रूपमा लिईन्छ । ग्रहणको समयमा खराव विकिरणहरू नआउने होईनन् , यी विकिरणहरूको प्रभाव वाट वच्न भोजनादि मानविय जिवन सँग सम्वन्धित कुनै पनि भौतिक कार्य गर्न वर्जित गरिएको हो । तर , आध्यात्मिक कृयाकलापहरू गर्न ग्रहणको घडिलाई उपयुक्त मुहर्तको रूपमा लिईन्छ ।

आजको वर्तमान मानविय आलस्यता र अनुदानमुखि परनिर्भर चरित्र , सदगुरूदेवहरूको पलायन र भौतिक कृयाकलापले युक्त अतिसय आसक्तिका कारण सांस्कारिक ज्ञान विज्ञान न चिन्ता न चिन्तन कै विषय बनाइयो । आध्यात्मिक कृयाकलाप र यस सँग सम्वन्धित ज्ञान विज्ञान हराएको मात्र होईन पाखण्डी र जीवनहाराले अवलम्वन गर्ने विषय हो भन्ने ध्वनी यत्र-तत्र- सर्वत्र गुञ्जयमान गराइयो ।

प्रभाव र प्रभुत्वको आधारमा आफु अनुकूलका शास्त्र र सास्कारिक विधा, विषय र विधान रचिन पुगे तर सवल पद्धति र प्रकृयाले युक्त प्रणालीगत शास्वत ज्ञान विज्ञान धरासायी वन्न पुग्यो । परिणामत :  सनातन सभ्यतामा आधारित ज्ञान विज्ञान अवलम्वन गरी सवल जीवन व्यथित गरेका पुर्वजहरुका निर्वल सन्ततिहरू जसोतसो समाजमा टिकेका सामान्य सॉस्कारिक कृयाकलापहरू लाई उपभोग र अवलम्वन गर्न समेत दुर्वल वन्न पुगे । यो तथ्य आजको लोक र दुनियाँका सामु ग्रहण पछि उदाएको सूर्य र चन्द्र झै छर्लङ्ग छ । यो उद्घाटित सत्यलाई सभ्यताको उदय, आगमन र विघटन गर्न लालाईत र उत्साहित सवै मनुष्यले आत्मसाथ गर्नु आवश्यकता मात्र होईन वाध्यता र अनिवार्य भैसकेको छ ।

 मानविय शारीरिक ईच्छा र आकांक्षाका खातिर शरिर सेवा र सहयोग गर्नु विवस जिवनको एउटा परिस्थितिजन्य वाध्ययात्मक स्वीकारोक्ति हुनसक्छ । तर, आफ्नो आत्मविश्वास र स्वाभिमान नै समर्पण गर्नु हामी स्वयं माथिको घोर अन्याय र अपमान हो भन्ने तथ्यलाई स्वीकार गर्नु पहिलो दाईत्व हो ।  उथल पुथल , सुख दु;ख :   सांसारिक नियम र व्यवहार हुन । ठुला र साना , कमजोरमाथि वलियाको राज गर्ने आलोपालो चरित्र सनातन देखि वर्तमान सम्म चलिआएको रित नै हो । यस वास्तविकता लाई हामी विश्वज्ञान गुरू भूमिका सनातन संस्कार र हिन्दु विज्ञानका हिमायतिले वुझेर वुझपचाउने विषय किमार्थ वनाउन हुदैन ।  हाम्रा आधारभूत मुल्य, मान्यता र सभ्यता माथि छेद प्रवेश गरेको हामीले पत्तै पायनौ । व्यक्ति व्यक्ति मा विभक्त र मस्त दुनियॉमा जव हामी पालै पालो लुटिएको, वेचिएको पत्तै नपाई आफु आफुमा सासक वन्ने वानाउने रम्ने र गम्ने कार्य मा मस्तरह्यौ । नतिजास् आजको वेहाल यथार्थ आफु आफै भित्र स्वयं मुरमुरिने शिवाय केही हातलागेन । अझै हामी आफ्ना गुमेका अमुल्यनिधीहरूको पुनस्थापनाको समाधान होईन समस्या नै ओकलीरहेका छौ ।

हामीले आफ्नो भाषा वोल्दा हिन सोच्यौ , आफ्नो मौलिक पोशाक लगाउदा लज्जानुभूति गर्यौ , आफ्ना विशिष्ट महत्वका पर्वहरू मनाउदा रूढ़िवादी र ढुंगे युगिन भएको सोच्न पुग्यौ, तपोभूमीका तपस्वीलाई मगन्ते, भिखारी र पाखण्डी सोच्यौ । सोच्दा- सोच्दै , फेर्दा- फेर्दै , सभ्य र आधुनिक हुने लहड र लहरमा आफ्नो मानसिकता भन्दा वॉकी सवै वदल्ने कार्यमा उद्दत भयौ ।  वसुधैव कुटुम्बकम्को  मान्यता लाई अवलम्वन गर्ने हामी सनातन धर्मालम्वीहरु दुनियाको कुनै जीवलाई हिन भावले हेर्दैनौ त्यसैले हामी हिन्दु पनि हौ । विडम्बना वर्तमान संसारमा हामी सवैभन्दा हिन भावनाले ग्रस्त मात्र छैनौ, आफु आफैलाई हिन सोच्दछौ । के हाम्रो दाईत्व र समाधान हिनता भित्रको घृणतानै हो त ?  संसारको आदिम ईतिहॉस का पंडित,पाठित र संरक्षक हामी सनातन धर्मावलम्बिले नवुझेको सत्य यो होईन की कुनै पनि राष्ट्र र जातिको सर्वनास त्यतिवेला भएकाछन् जतिवेला त्यस राष्ट्र र समाजको मौलिक पहिचान, भाषा, साहित्य र सांस्कृतिक आधारहरूलाई छिन्नभिन्न र तहसनहस वनाईएकाछन् । अव हाम्रो दाईत्व समस्या वोकेर हिड्ने होईन समाधान खोज्नेहो । समस्या छ भने समाधानपनि पक्कै छ । समाधान हामी सँगै छ ।समाधान चतुरमुख भएर चारदिशा तर्फ फर्केर होईन एकमुख भएर, एकिकृत र एकाग्र भएर निकाल्न सकिन्छ , निकाल्नु पर्दछ र निकाल्न सकिन्छ । यो हाम्रो आवश्यकता हो ।  खग्रास चन्द्रग्रहणको दिन एवं माघ शुक्ल पूर्णिमा श्री स्वस्थानी ब्रतकथा समापनको उपलक्ष्यमा सवै साधक साधिकाहरु लाई कर्म सिद्धि मिलोस । साथै, हामी सवै लाई जागरुक र चैत्यन्य बनाउन माता चण्डीको अनुकम्पा मिलोस भनि प्रार्थना गर्दछु ।

 ” आत्माको योग पर-आत्मा संग ”  जय अघोर ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।