शनिबार, बैशाख ८, २०८१

गौशाला नपाको मुलनारा पाँच ‘स’- शिक्षा, स्वास्थ्य, सडक, सिंचाई र सुशासन: मेयर महतो

  महोत्तरी असोज १३,

तत्कालिन माओवादीले अन्यायका विरुद्ध सुरु गरेको १२ वर्षे जनयुद्धकालमा सेनाको बन्दुकको नालबाट फड्केको गोलीले तीन पटक मृत्युको मुखबाट फर्केर बाँचेको पात्र  हुन् गौशाला नगरपालिकाका नगर प्रमुख   शिवनाथ महतो   । स्थानीय तहको निर्वाचन अघि समेत अन्याय, अत्याचारको विरुद्धमा निरन्तर समुदायमा रहेर काम गर्दै आइरहेकोमा गौशाला नगरपालिकाको मेयर बनेपछि आफ्नो अभिभारा अझ फराकिलो भएको बताउँछन् । निर्वाचन पश्चात् पदभार तथा सपथ लिदैं मेयर शिवनाथले गौशालालाई भ्रष्टाचारमुक्त नगर बनाउने उदघोष गरे अुनरुप आफु अघि बढीरहेको दावी गर्छन् ।

उनले सपथ लिदै भनेका थिए, ‘स्थानीय निकाय बिना कर्मचारीको लुटतन्त्र बढेको र स्थानीय तहलाई मागी खाने भाँडो बनाएकोले भाँडो नै फुटाउँछौं । भाँडो फुटेपछि आपसे आप विकासको गति बढ्छ ।’ ’राम नामका लुट हैं । जित्ना लुट सकें, लुट ले, भन्ने खाउपचाउ प्रवृत्तिले गाउँमा सरकारले पठाएको रकम पनि सदुपयोग नभएको गुनासो गरेका मेयर महतोले जनताले आफुलाई विश्वास गरेर भोट दिएकोले जनताको विश्वास कायम राख्दैं गौशालालाई पाँच बर्ष भित्रमा पाँच ‘स’ का साथ काम गर्ने प्रतिबद्धता जनाए अनुरुप अघि विकासमा प्रयत्नशिल रहेको उनको कथन छ । शिक्षा, स्वास्थ्य, सडक, सिचाई र सुशासनमा गुणस्तरीयता कायम गरेर गौशाला नगरपालिकालाई पाँच बर्षमा नमुना बनाउने मेयर महतोको प्रतिबद्धा अनुरुप अघि बढेको छ । ’शिक्षाको विकास भए जनताले कसैको गुलामी गर्नु नपर्ने र चेतनाले नगरमा विकासको लहर ल्याउने मूल मन्त्र सहित उनी नगर विकासका अहोरात्र खटिएका छन् ।  किसान देशको गहना हो । यसको गम्भिरतालाई बुझेर म काम गर्छु । किसानलाई उत्पादन बढाउन उत्साहित बनाउने कार्यक्रम ल्याउँछु ।’ गौशालाका सरकारी हस्पिटललाई व्यवस्थित बनाउने देखी लिएर रिङ्गरोड बनाउने सम्मको प्रतिबद्धता तथा समग्र गौशालाको विकासमा केन्द्रित रही कान्तिपुर हटलाइनको लागि धर्मेन्द्र कुमार यादवले गर्नु भएको     कुराकानीको सम्पादित अंश  यहाँ प्रस्तुत गरिएको छ ।

शहिदनगर नगरपालिकामा पहिलेको अवस्था र अहिलेको अवस्थामा के परिवर्तन भयो ? कसरी काम गर्दै हुनुहुन्छ ?

 २० वर्ष अर्थात २ दशक भनेको एउटा लामो समय हो । लामो समय सम्म स्थानीय निकाय जनप्रतिनिधि विहिन भएको अवस्थामा नगरको अवस्था शिक्षा, स्वास्थ्य तथा भौतिक पुर्वाधारमा विकराल समस्या भईसकेको थियो । अहिले जनप्रतिनिधि भईसकेपछि जनताको ईच्छा र आकांक्षा एक्कै पटक बढ्यो । तर हामीसंग त्यतिधेरै श्रोत साधन नभएता पनि शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन लगायतका कामहरु अगाडी बढेको छ । अब अहिले यो चारैतिर भताभुङ्ग अवस्थालाई विस्तारै ट्रयाक्मा ल्याउने प्रयास हाम्रो जारी छ ।

स्थानिय सरकार सञ्चालनका निम्ति संघीय, प्रदेश र स्थानीय सरकार देखिएका नीतिगत समस्याहरु के–के हुन ?

यो तीन तहको संघीयताको नयाँ प्रारुप भएको हो । यो एउटा नयाँ अभ्यासको अवस्था भएकोले तिनै तहको कानून एक अर्कोमा बाझिएको स्थितिमा अप्ठयारो भइरहेको छ । केन्द्रबाट धेरै विषयहरुको छनोट भईसकेको छैन । हुदैछ, जस्तो कि स्थानीय तहको संविधानमा २२ वटा कार्यालय स्थानीय तहमा हुने भनिएको छ, तर अहिले सम्म नयाँ कार्यालय  थप भएको छैन । कर्मचारी जति बेला निर्वाचित भएर आएका थियौं, सोही अवस्थामा छ, अनि सिमिति श्रोत र साधनबाट नगरपालिका चलाउनुपरेको अवस्था छ, तर जनताको अपेक्षा ह्वातै बढेकोले काम गर्न समस्या छ । प्रायः कर सम्बन्धमा प्रदेश र केन्द्रिय सरकार बीच टकरावको अवस्थामा स्थानीय सरकारले पाएको अधिकारलाई प्रयोग गर्दै काम अघि बढीरहेका छौं ।
गौशाला नगरपालिका भित्र फोहर व्यवस्थापन नभएको भनी पटक–पटक समाजिक सञ्जाल देखि जनप्रतिनिधिले नै कुरा उठाउने गरेको छ, किन फोहोरको व्यवस्थापन भईरहेको छैन ?

हेर्नुस् यो फोहोरको समस्या अहिलेको होईन् । पहिले देखि नै जक्रिएका समस्या हो । जे होस् पहिले भन्दा हामी अहिले दैनिकी रुपमै सुधार गरिसकेका छौं । अहिले स्विपर, टिफर, ट्रयाक्टर लगायतको मदतले सरसफाईमा सुधार ल्याएका छौं । खासमा ढल निकास र नालाको मुख्य समस्या भएकोले त्यसको सामाधनका लागि डिपिआर तयार गरेर काम अगाडी बढाउने प्रक्रियामा छौं । तर पहिले भन्दा अहिले धेरै सुधार भएको छ । गौशाला बजार यस क्षेत्रकै ठेलो बजार हो, यहाँ बजार व्यवस्थित नै नभएकोले समस्या उत्पन्न भएको हो । जसरी तरकारी बजार कुन स्थानमा राख्ने, पशु बजार, काटमार बजार, माछा बजार कुन ठाउँमा राख्ने यस्ता प्राविधिक कुराहरुले समेत फोहर व्यवस्थापन नुहँदा समस्या भएको हो । तर बजारलाई व्यवस्थित बनाउन नगरपालिकाको समन्वयन समिति गठन भैसकेकोले यसको निराकरण हुने वित्तिकै फोहरको समस्या हल हुन्छ ।

आर्थिक वर्ष २०७४/०७५ मा जनताले प्रत्यक्ष रुपमा लाभ उठाउन सकेको कामहरु के के हुन? र अब यस वर्षको योजना  के के छन ?

 यहाँको मुलत समस्या भनेको  मुलत ५ स अर्थात शिक्षा, स्वास्थ्य, सडक, सिंचाई र सुशासन हो  । यसलाइ व्यवस्थित बनाउँने अर्जुन दृष्टि सहित  हामी क्रिायाशील रहेका छौं । यहि क्रियाशीलता अनुरुप   ८–९ महिना पूर्व प्रावि स्तरमा शिक्षक भेट्ने तर विद्यार्थी नभेट्ने समस्या थियो । तर अहिले भर्ना अभियान पश्चात् कक्षा कोठामा हामी विद्यार्थीको उपस्थिति राम्रो पायौं । विद्यार्थीलाई स्कुलतर्फ आकर्षित गर्न अभिभावक भेटघाट तथा शैक्षिक सामग्री प्रदान गर्दै । नगरपालिकाभित्र रहेका  ३२ वटा सामुदायिक विद्यालय मध्ये ४ वटालाई साक्षर वडा समेत घोषणा तयारी गर्दैछौं । त्यस्तै २० भन्दा भन्दा मुनिका बालबालिकाको बालविवाह रोक्न ८ वर्ष भन्दा माथि र १४–१५ वर्ष पुगेका बालबालिकाहरुका लागि किशोरी शिक्षाको माध्यमबाट २ सय ३३ जनालाई भर्ना गरेर टिकाउने अभ्यास गरिरहेका छौं ।

स्वास्थ्य :   स्वास्थ्य क्षेत्र जनताको लागि अत्यन्त संवेदनशिल हो, तर यहाँ ८–९ महिना पहिले डाक्टरकको अभाव थियो, तर अहिले एमबिबिएस डाक्टरहरु नगरपालिका भित्रै उपलब्ध भएको छ । त्यति मात्र नभई अनमि, अहेव जस्ता डाक्टरहरुको समेत जिल्लाबाट पदपूर्ति गरिएको छ । तैपनि विग्रिएको अवस्थामा एकैपटक सुधार हुदैन तर क्रमबद्ध अनुसार सुधार गर्ने लक्ष्य राखेका छौ ।
सडक : गौशालबाट जोडिएको पूर्व पश्चिम, उत्तर दक्षिण बाटोको निर्माण क्रमबद्ध रुपमा सुरु भैसकेको छ । बाँके देखि जंगहा खोलाको सम्मको बाटोको निर्माण ५० प���रतिशत, गौशाला देखि लिएर टुटेश्वर चोक जोड्ने सडक खण्ड ५० प्रतिशत सकिएको छ । गौशाला देखि मनहरवाको सडकमा माटो पुरेर अब ग्राभेलको काम अषाढ मसान्तमा हुन सकेन। अब बाँकी रहेका काम हुन्छ । साथै गौशाला विर्ता, नवराजपुर पचाईन देखि लिएर एभरेष्ट चिनिमिल जोडने सडकको ७५ प्रतिशत, ईटाटार देखि चिनिमिल जोड्ने बाटोको काम सम्पन्न पनि भै सकेको छ । ईटाटार देखि लिएर नवराजपुर सम्मको बाटोलाई यस आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित हामी अघि बढेका छौं ।

सिचाई : यहाँको मुख्य खेती भनेको उखु र धान हो तर पानीको अभावमा धान तथा उखुको उपज राम्रो हुन सकेको छैन । त्यसैले कृषिलाई मध्यनजर गरेर सिचाईको समस्यालाई यसै वर्ष ५० प्रतिशत हल गछौं । नगरपालिका भित्र रहेका स्टेट बोरिङ्गहरु छ । एउटा बोरिङ्गले ८० विघा जमिनलाई पानी दिन सक्छ । त्यस्तो १४–१५ वटा वोरिङ्गहरु यस क्षेत्रमा छ, त्यस्ता अलपत्र अवस्थामा परेका बोरिङ्गहरुलाई यसपाली विद्युतीय मेशीनबाट सञ्चालन गरेर खेतमा किसानलाई पानी पुग्ने सम्मको व्यवस्था गर्न लागेका छौं । गाउँ गाउँसम्म बीउ विजनका लागि समुह गठन गरेर समयानुकुल बिउँ विजन वितरण गर्ने देखि पशु विकास अन्तर्गत समय–समयमा शिविर चलाउने, भ्याक्सिन लगाउने, अनुदान दिने जस्ता कामहरु अघि बढीरहेको छ ।

सुशासन : अहिले नगरपालिका भित्रमा पहिले भन्दा धेरै हद सम्म झै–झगडा न्युनिकरण भएको पाईएको छ । कसरी भन्नुहुन्छ भने, पहिले ईलाका प्रहरी कार्यालयमा दिनका दिन मानिसहरुको हुल हुन्थे । दिनहुँ मारपिट, कुटाकुट जस्तो स्थितिको सृजना भै अदालत सम्म पुग्थ्यो तर स्थानीय निकायको न्याययिक समितिमा साना–तिना वादविवादलाई सामाधान गर्ने तर्फ अग्रसरता पूर्वक समाधानको बाटो खोज्छौं । साथै संविधान प्रदत अधिकारलाई प्रयोग गरेर देवानी प्रकृतिका अधिकांस मुद्दामा यही समाधान खोज्छौं । यहाँ चारैतीर समस्या छ तर नसुध्रिने पनि होईन, तर त्यसका लागि समय लाग्छ ।

स्थानीय निर्वाचको समयमा गौशाला नगरपालिका भित्र रिङ्गारोड प्रतिबद्धता ल्याउनुभएको थियो, रिङ्गरोड सडकको के हुदैछ?
यो गौशाला नगरपालिकाको सम्पुर्ण वडालाई छुनेगरी रिङ्गरोडको परिकल्पना अनुसार डिपिआर तयार भईसकेको छ । केही दिन भित्रमै यसको काम सञ्चालन हुन्छ । गौशाला देखि खोलावारी र खोलापारी जोडने पूलको बाटोलाई जोड्दै अबको २ वर्षभित्र काम सम्पन्न गर्ने गरी दु्रत गतिमा काम अगाडी बढाउँछौं । रिङ्गरोडमा ठुलो बजेटको आवश्यकता भएकोले संघीय र प्रदेश सरकारलाई रिङ्गरोडमा सहयोग गर्न आग्रह समेत गरेका छौं । प्रायः गरेर सहरी विकास अन्तर्गतका कार्यक्रमहरुको अवधारणा ल्याएर कार्यक्रम सञ्चालन गर्नेछौं ।

केही दिन अघि वडा अध्यक्षहरुले नै कर विरुद्धमा आन्दोलन गरेका थिए, वास्तविकता के थियो?
– वास्तवमै करको विवाद कस्तो हो भने, अब नबुझेर केही साथीहरुले आन्दोलन गुर्नभो । तर वहाँहरुलाई राखेर क्लियर विफ्रिङ्ग भयो, केही राजनीतिक दलहरुसंगै ब्रिफिङ्ग भएपछि वहाँहरुले आन्दोलन रोक्नु भो , वास्तवमै करमा केही प्राविधिक गडबडीहरु लेखाईमा भएकै हो, तर हल्ला फिजाँईए जस्तो चाहि थिएन । तर जुन वडाअध्यक्षहरुले पास गरेर दिनुभो, नगरसभाबाट पासपनि भयो, पछि गएर केही बुँदामा संशोधन समेत भयो र अहिले त्यस्तो कुनै विवाद छैन ।

अबको दिनमा कसरी विकास गर्नुहुन्छ रु पाँच वर्षमा नगरपालिका कस्तो हुनेछ ?

यो पाँच वर्षमा मात्रै समयमा पूर्णत सुधार हुने होईन् । अबको पाँच वर्षमा लगभग सबै कामको डिपिआर सुरुवात हुन्छ । तर अब ट्रयाक्क भन्दा बाहिर जान सक्दैनौ । जनताले हामीलाई जनप्रतिनिधि बनाएर पठाएको छ, जनताको ईच्छा र अपेक्षासंग हामी खेलवाड गर्दैनौं । किरिया

अन्त्यमा के यहाँको जनतालाई के भन्न चाहनुहुन्छ ?
अन्त्यमा जनताको अपेक्षा अनुसार नै हामी सम्पुर्ण काम पुरा गछौं । यद्दी केही शेष बाँकी रहन्छ भने, त्यसलाई पनि सक्दो सफल बनाउने प्रयास गर्छौ । जनताले दिएको मतको कदर गरेर जनताकै बीचमा गएर वहाँहरुको समस्या हामी सम्भवतः हल गर्छौ । जति हुन सक्छ, गर्न सक्छौ, एक कदम पनि पछि नपरि जनतालाई कुनै प्रकारको अवाञ्छिनीय कार्य नगरी व्यवस्थित तवरले समस्यालाई जडैदेखि समाधानको उपाय खोज्छौं । साथै यहाँको युवाहरुको बेरोजगारी समस्यालाई सम्भवतः हदसम्म खोज्ने कोशिश गरेका छौं । तर मेरो कामको मुल्याङ्कन जनताले गरिरहेको छ । मेरो कामको प्रतिफल समेत जनताले नै देओस् भन्ने चाहना छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।