शुक्रबार, बैशाख १४, २०८१

गोलीया बिक्री र सिमसार क्षेत्रको विकास खर्चमा ४० लाख भ्रष्टाचार, अख्तियारमा उजुरी

  • प्रकाश उप्रेती

 झापा फागुन २२ , झापाको एक सामुदायिक वनका पदाधिकारीले व्यापक भ्रष्टचार गरेपछि उपभोक्ताले अख्तियारसमक्ष उजुरी हालेका छन् । पूर्वी नेपालको मेचीनगरको धाइजनमा पर्ने बाँसवारी सामुदायिक वन उपभोक्ता समुहले वनको गोलीया बिक्री र सिमसार क्षेत्रको विकास खर्चमा भ्रष्टाचार गरेको थाहा पाएपछि उपभोक्ताले अख्तियारमा उजुरी दिएको हो।

वन कार्यालयले एउटै सिम्वल नम्बरको नगदी बिल र अर्धकट्टीमा छुटाछुट्टै रकम अंकित गरेको पाएपछि आक्रोषित उपभोक्ताले गत फागुन ७ गते अख्तियारको कार्यालयमा पुगी १७०३ नम्बरमा उजुरी दर्ता गराएका हुन् । गत २०७० देखि २०७३ सालसम्म कार्यकाल सम्हालेका अध्यक्ष सचिवद्धय शिवाकोटीे र कडरियाले घोटला गरेको उपभोक्ताले ठम्याएका थिए ।

नाम नखुलाउने शर्तमा एक उपभोक्ताले भने, ‘वनको अघिल्लो कार्यकालको अध्यक्ष दूर्गा शिवाकोटी र ओमनाथ कडरिया सचिव रहेको कार्यसमितिले वनबाट निस्किएको लकडी उपभोक्तालाई बिक्री गर्दा बिक्री गरेको रकमनै गायव भयो, यस्तो बिषयलाई छोड्ने कुरै भएन । समितिले वनको केही क्षेत्रफललाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने योजनाअन्तरगत रहेको विकास निर्माण कार्यक्रममा समेत घोटला गरेको उपभोक्ताको आरोप छ । पछिल्लो समयमा बाँसबारी सिमसार क्षेत्र परिचित नाम हो । उक्त सिमसार क्षेत्रको विकास गर्न बोर्ड र निर्मित घोडाको सालिक निर्माणमा खर्च बढी देखाएको पाइएको छ ।

श्रोतका अनुसार सो कार्यसमितिले ३५ देखि ४० लाखसम्म घोटला गरेको हुनसक्ने अनुमान गरेको छ । साथै समितिले वन ऐनको नियम उल्लङ्घन गर्दै आफ्नो कार्यकालमा गरिएको किर्ते कागजी रुपमा ढकछोप गर्न अन्तरिक र बाह्य खाता सञ्चालन गरेको खुलेको छ । आन्तरिक खातामा कार्यसमितिले गरेको सबै कामको अभिलेख राख्ने र वनले अनुगमन गर्दा बाह्य खातामात्रै देखाउदै आएको श्रोतको दाबी छ ।   वनको अघिल्लो कार्यकालको अध्यक्ष दूर्गा शिवाकोटी र ओमनाथ कडरिया सचिव रहेको कार्यसमितिले वनबाट निस्किएको लकडी उपभोक्तालाई बिक्री गर्दा बिक्री गरेको रकममा घटाएर आम्दानी बाधेको पाइएको थियो । नगदी बिलमा कृर्ते गरी उपभोक्तालाई गुम्राहमा पारेको समेत उपभोक्ताको गुनासो छ । वनमा हालसम्म क वर्गमा ४ सय ३२ वटा र ख वर्गमा ५० घरधुरी उपभोक्ता रहेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।