शुक्रबार, बैशाख ७, २०८१

गोरखापत्र सहित ५ पत्रपत्रिका आचारसंहिता उल्लङ्घन गर्ने अवज्ञाकारी सञ्चारमाध्यमको सूचीमा

काठमाडौं माघ २८,  प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घनबारे पटकपटक गरेको निर्णय वा निर्देशन अवज्ञा गर्ने विभिन्न पाँच सञ्चारमाध्यमलाई आचारसंहिता नुगमन उपसमितिको बैठकले अवज्ञाकारीको सूचीमा राखेको छ ।

काउन्सिलका सूचना अधिकारी दिपक खनालद्दारा जारी विज्ञप्तिमा उल्लेखभएअनुसार काउन्सिलमा पीडित पक्षले कपोकल्पित, झुठो, समाचार प्रकाशन÷प्रसारण गरेको, समाचारमार्फत चरित्र हत्या गरेको वा विभिन्न तरिकाले पत्रकार आचारसंहिता उल्लङ्घन गरेको उजुरी दिएको आधारमा त्यसबारे सुनवाइ गर्न पटकपटक पत्राचार गर्दा समेत बेवास्ता गर्ने सञ्चारमाध्यमलाई अवज्ञाकारीको सूचीमा राख्ने गरेको उल्लेख गरिएको छ।

त्यस्तै विज्ञप्तिमा उल्लेख भएअनुसार काउन्सिलको अवज्ञाको सूचीमा पर्ने सञ्चारमाध्यममा ‘साप्ताहिक राजधानी आस्था’, ‘नदा टाइम्स साप्ताहिक ‘स्वराज साप्ताहिक’, ‘फास्ट टाइम्स दैनिक’ र ‘गोरखापत्र दैनिक’ रहेको जनाएको छ ।

स्मरण रहोस पत्रकार आचारसंहिता–२०७३ को दफा ७ ९ज० को काउन्सिलको निर्णय वा निर्देशन अवज्ञा गर्ने पत्रकार वा सञ्चारमाध्यमप्रति खेद प्रकट गर्ने, अवज्ञाकारीको सूचीमा राख्ने र पटकपटक गरिएका कारवाहीको विवरण तत्काल वा आवश्यकताअनुसार सार्वजनिक गर्ने भन्ने प्रावधान रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031