शुक्रबार, बैशाख १४, २०८१

गोकर्णेश्वरमा ड्रोनबाट नक्साङ्कन

काठमाडौं बैशाख २८, गोकर्णेश्वर नगरपालिकाले शहरी योजनाहरु अघि बढाउन ड्रोनबाट उच्च गुणस्तरीय हवाइ फोटोहरु लिने भएको छ । नेपालमै पहिलो पटक नगरपालिकाको नक्सांकनका लागि ड्रोनको प्रयोग गर्दै नक्साङ्कनको काम सुरु गरेको हो ।

गोकर्णेश्वर नगरपालिका र स्ट्रक्चर डिजाइन एण्ड सर्भिसेज, ड्रोनेपाल र नक्सा प्रालिको संयुक्त सहकार्यमा नगरपालिकाको नक्सांकन गर्न लागिएको हो । कोइका र कोरियाको एन्जल्सविङ नामक कम्पनीको सहयोग प्राप्त ड्रोन नेपाल पहिलो ड्रोन सेवा   प्रदान गर्ने कम्पनी हो ।  ड्रोनको प्रयोग गरेर नगरपालिकाहरुमा सर्भे, परियोजनाको प्रगति अनुगमन, नक्साङ्कन गर्ने छ ।

नेपाल फ्लाइङ् ल्याबका संयोजक तथा नासा प्राइभेट लिमिटेडका संस्थापक उत्तम पुडाशैनीले  ड्रोनले सर्भे गर्न, कुन परियोजना, कहाँ, कस्तो अबस्थामा भइरहेको छ भनेर उच्च गुणस्तरको फोटो/भिडियो खिचेर अनुगमन गर्न मद्दत गर्ने बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।