शुक्रबार, चैत्र १६, २०८०

गृृहमन्त्री थापाले भने- निर्मलाको हत्याराको पहिचान केही समयभित्रै

 काठमाडौ भाद्र २९, गृहमन्त्री रामबहादुर थापा बादले कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न अपराधी केही समयभित्र पत्ता लाग्ने बताउनुभएको छ ।  पन्तको हत्याका विषयमा राष्ट्रियसभाका सदस्यले सरकारको जवाफ माग गरेपछि गृहमन्त्री थापाले दोषीमाथि कारवाही गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो । कञ्चनपुरकी पन्तको बलात्कारपछि हत्या गरिएको थियो । पन्तको कसले बलात्कार गरी हत्या ग¥यो भन्ने विषयमा सरकारले अपराधी पत्ता लगाउन उच्चस्तरीय छानबिन टोली गठन गरे पनि अझैसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।

आजै गृहमन्त्री थापाले जनआन्दोलनका घाइते, पत्रकार राजु बस्नेतलाई पक्राउ गर्नुपर्ने कारण, जिल्ला प्रहरी कार्यालय बर्दियामा मृत्यु भएका राममनोहर यादवको मृत्यु र रोल्पा घटनाका विषयमा जानकारी सहित प्राकृतिक प्रकोपका कारण देशका विभिन्न जिल्लामा भएको धनजनको क्षतिको विवरण समेत दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यसैवीच निर्मलाका आमा र बुबासहितको प्रतिनिधिमण्डललाई आज गृहमन्त्रालयमा भेट्दै उहाँले “दोषीलाई कठघरामा ल्याउन नसक्दा जति पीडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन होला ।” निर्मलाको हत्यारा नजीक अनुसन्धान पुगिसकेको भन्दै उहाँले दोषीलाई कठघरामा ल्याउन प्रयास जारी रहेको बताउँदै घटनामा जिम्मेवार निकाय तथा व्यक्तिबाट भएका लापरबाहीलाई छुट नदिइने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

   तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।