शुक्रबार, चैत्र १६, २०८०

गृहमन्त्री थापाको निर्देशन : विप्लव नेतृत्वको नेकपासँग राजनीतिक ब्यवहार नगर्नु

काठमाडौं फागुन २६,   गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग राजनीतिक ब्यवहार नगर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । सुर्खेतमा आयोजित तीनदिने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी जिल्ला तथा प्रदेशका सुरक्षा प्रमुखलाई उनले यस्तो निर्देशन दिएका हुन् । गोष्ठीमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार गृहमन्त्री थापाले संविधान र कानुन नमान्ने व्यक्ति वा समूहलाई राजनीतिक शक्तिका रुपमा स्वीकार्न नसकिने बताएका थिए ।

‘राजनीति गर्ने हो भने जनअभिमतबाट आउनुपर्यो, संविधान पनि मान्नुपर्‍यो’, गृहमन्त्रीको भनाइ उद्धृत गर्दै ती अधिकारीले भने, ‘कानुनविपरित जाने जोकोहीलाई कडा कारवाही गर्नुहोस, असहिष्णु बन्नुहोस ।  ३ वटै सुरक्षा निकायका प्रमुख र गृहसचिव सहभागी गोष्ठीको पहिलो र दोस्रो दिन स्थानीय सुरक्षा अधिकारीले चन्दलाई राजनीतिक दल वा उग्र समूह, कुन समूह, कुन रुपमा व्यवहार गर्ने स्पष्ट हुनुपर्ने जिकिर सहित दृष्टिकोण स्पष्ट हुनुपर्ने बताएका थिए । कान्तिपुर दैनिकबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।