बिहिबार, चैत्र १५, २०८०

गृहमन्त्रीको निर्देशनपछि जुरमुराए महानगरीय ट्राफिक प्रहरी महाशाखा

काठमाडौ जेठ ६,  गृह मन्त्रालयले क्षमताभन्दा बढी सवारी साधन बोक्ने साना माइक्रोबस र टेम्पोलाई कारबाही गर्न निर्देशन दिएलगत्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीसाधनको सीट संख्याभन्दा बढी यात्रु राखेर हिँड्ने १८९ सवारी साधन र मिटरमा जान नमान्ने ट्याक्सी र मिटरमा प्रिन्टर जडान नगरेका ११९ ट्याक्सीलाई उपत्यकाका विभिन्न स्थानमा गरेको छड्के जाँचको क्रममा कारबाही गरेको छ ।

 गृहमन्त्री रामबहादुर थापाले सरोकारवालासँगको बैठकमा सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न ट्राफिक प्रहरीलाई निर्देशन दिएपछि जुरमुराएका ट्राफिक प्रहरी महाशाखाले तीनपाङ्ग्रे टेम्पुमा सीट संख्या भन्दा बढी यात्रु राख्न नपाइने व्यवस्था कडाइका साथ लागू गरिएको जनाउ दिदै यस्तो कारवही प्रक्रिया सुरु गरेको हो । महाशाखाका अनुसार तीनपाङ्ग्रे टेम्पुमा सीट संख्या भन्दा बढी यात्रु राख्न नपाइने व्यवस्था कडाइका साथ लागू गरिएको जनाउ दिदै कावाहीमा परेको सवारीलाइ रु ५०० जरिवाना गरिएर छाडिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।