शनिबार, बैशाख ८, २०८१

गायिका सोमाको तीजमा ढलक ढलक नाचौँ सार्बजनिक

 काठमाडौ साउन २०, लामो समयको अन्तराल पछि नितान्त फरक मौलिकपनको तीज गीत अहिले नेपाली सांगीतिक बजारमा आएको छ । गायिका सोमा खत्रीको सुमधुर स्वरले सजिएको तीज गीतमा नेपाली समाजमा हिन्दू संस्कृतिमा महिलाहरुले प्रयोग गर्ने रातो टिका, रातो चुरा अनि रातै रङ्का पहिरनको बिषयलाई पहिलो अन्तरामा अति शालिन र शिष्ट शैलिमा बयान गरिएको छ, नारी जाति भनेको प्रकृतिका सुन्दर फूल हुन् भन्ने भावलाई सरल तरिकाले प्रस्तुत गरिएको छ , सुन्दर फूल हेर्नलाई नजरहरुको ताँती लाग्ने रसिलो कुरा पनि यस गीतमा उतारिएकोले गीत सुनिरहूँ लाग्छ ।

  नारीनेपाल चेतनशील संघ केन्द्रिय कार्यालयले आयोजना गरेको उक्त विमोचन कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ गीतकार कृष्णहरि बरालले गीतको म्युजिक भिडियोलाई सार्बजनिक गर्नु भएको हो ।

कुशल गीतकार देवदत्त भट्टले रचना गर्नुभएको यस गीतमा संगीत प्रशिक्षक सप्रेम सागरले लोक लयमा कर्णप्रिय संगीत भरेका छन् । गीतको म्युजिक भिडियोमा नायिका करुणा खत्री थापाको दमदार अभिनय तथा नृत्य देख्न सकिन्छ । म्युजिक भिडियोलाइ संगीतकार सप्रेम सागरले निर्देशन गरेका हुन् ।