बिहिबार, बैशाख १३, २०८१

गायक  राईको ‘सँगै जिउने बाचा गरी’

काठमाडौं मार्ग १२ ,   गायक सचिन राईको अर्को म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘सँगै जिउने वाचा गरी…’ यूट्यूवमार्फत सार्वजनिक भएको captureहो ।   सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा छायाँकन गरिएको म्यूजिक भिडियोमा कुमार, सरिका र राजेन्द्रले अभिनय गरेका छन् । त्यस्तै, स्वर स्वयम सचिनको छ भने अनिल कोइ राईले संगीत, विष्णु अधिकारीले एरेन्जरको भूमिका निर्वाह गरेका छन् । भिडियोको निर्देशन, सम्पादन अर्जुन थापा, क्यामेर सागर गौतम, सृंगार कविता थापाले जिम्मेवारी सम्हालेका छन् ।

माया प्रेमको सागरमा तैरिँदातैरिदै प्रेम वियोगमा पर्नु पर्दाको अवस्थालाई भिडियोमा जिवन्त देखाउन खोजिएको छ । सुकुटे क्षेत्रको मनोरम दृश्य समेटिएको भिडियोमा ‘प्रेम र धोका’ वीचको नकारात्मक अन्तरसम्बन्धलाई चित्रण गर्न खोजिएको छ ।

https://www.youtube.com/watch?v=dO-AFShFOus