बिहिबार, बैशाख १३, २०८१

गायक बज्राचार्यको नया गीत मनमगन चर्चाको शिखरमा

काठमाडौं बैशाख १४ , दुई दशकअघि पपगायन र संगीत मार्फत नेपाली सांगीतिक आकाशमा उदाएका प्रतिभाशाली गायक दिपक बज्राचार्यको नया गीत ”मनमगन” अहिले चर्चाको शिखरमा छ। नेपाली नया बर्षमा सार्बजनिक गरिएको गीतले करिब २ हप्ताको समयमा युवापुस्ताको आत्यधिक मन जित्न सफल भएको हो ।

रिक्की शाक्य संगको शब्द र संगीतको सहकार्यमा बनेको गीत मनमगनलाइ दिपककै संगीत समूह रिदम ब्याण्डले एरेञ्ज गरेको हो । अहिले गीतलाई सुनेर मात्र होइन, हेरेर पनि मनोरन्जन लिने बेला हो ।

वास्तवमा गीतसंगीतले नाचगानलाई पनि परिभाषित गर्छ ।  गायक  बज्राचार्यको  मनमगन मात्र एउटा गीत होइन, यो एउटा पनि संस्कृति हो । १५० जना कलाकार तथा नृत्य समूहले परम्परागत तथा आधुनिक शैलीको नृत्य भिडियोमा प्रस्तुत गरेका छन् ।  सुव्रतराज आचार्यले निर्देशन , अनिल मानन्धरको छयांकन तथा सुप्रिम पराजुलीको सम्पादन  प्रस्तुत  भिडि��ो  तयार भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।