बिहिबार, चैत्र १५, २०८०

गगनले भने-मनलाग्दी रुपमा पैसा बाँड्दै हिड्ने हो भने ऐन ल्याउनुको के अर्थ रह्यो ?

काठमाडौ पुस १०, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले शिक्षा तथा स्वास्थ्य समितिको सोमवार बसेको बैठकमा जनस्वास्थ्य विधेयक, २०७५ जारी भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च वितरण गरेकामा विरोध जनाउनुभएको छ ।

जारी विधेयकमा विशिष्ट व्यक्तित्वले स्वदेशमा नै उपचार गर्नुपर्ने तथा मन्त्रालयले उपचार खर्च वितरणसमेत नगर्ने प्रावधानलाइ नजर अन्दाज गर्दै मन्त्रालयबाट रु चार करोड वितरण भइसकेको जानकारी दिँदै नयाँ ऐन ल्याउनुको के अर्थ रह्यो भन्ने प्रश्न गर्नुभएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

त्यस्तै पूर्व सस्थ्यमन्त्री समेत रहेका नेता थापाले बैठकमा “कुनकुन व्यक्तिले कुनकुन रोगका उपचार गर्न कति खर्च लिएका छन्, सार्वजनिक गर्नु पर्ने अडान राख्दै मन्त्रालयले तयार पारेको उपचार खर्च कार्यविधिलाई किन पालना नगरेको त्यसको प्रष्टिकरण माग गर्नु भएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।