बुधबार, बैशाख १२, २०८१

गगनले प्रष्टशब्दमा भने- यस्ता तमाम लाञ्छनाले मलाई अझ चुनाव जित्न सहज बनाएको छ

 काठमाडौ मंसिर ५ , आसन्न निर्वाचनको संघारमा विपक्षी दलका काँग्रेस केन्द्रीय सदस्य एवम् काठमाडौं क्षेत्र न ४ लोकप्रिय उम्मेदवारले गगन थापाको बढ्दो जन मैत्रीपनलाइ निस्तेज गर्ने प्रपञ्च सहित यो वा त्यो वहानामा अनेका जालझेल गर्दै लगाएको आरोप निराधार रहेको पुष्टी भएको छ ।  पूर्व कृषि तथा जलस्रोत समितिका सभापति समेत रहेका लोकप्रिय व्यक्तित्वका उम्मेदवार थापा विरुद्ध व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)को नाम जोड्दै उक्त आयोजनाबाट थापाले अनुदान लिएको जस्ता हौवा फैलाउँदै गरेको प्रचारवाजीलाइ आज आयोजनाले विज्ञप्तिा जारी गर्दै उम्मेदवार थापाले आयोजनाबाट कुनै अनुदान नलिएको प्रष्ट पारेको छ ।

 प्याक्टले आज जारी प्रेस विज्ञप्तिमा सुनखानी एकीकृत कृषि केन्द्रले परियोजना सञ्चालनका नाममा अनुदान नलिएको स्पष्ट गर्दै विज्ञप्तिमा भनिएको छ– एकीकृत कृषि केन्द्रको मिति २०७२ मंसिर २८ गते प्याक्टमा दर्ता भएको निवेदनमा सो कम्पनीका अध्यक्ष गगनकुमार थापाले कृषि तथा जलस्रोत समितिका सभापति समेत रहेको अवस्थामा स्वार्थ बाँझिने भन्दै परियोजनाबाट अनुदान अस्वीकार गरेको स्पष्ट पारेको छ । केही अनलाइन समाचारमा नेपाल सरकार, कृषि विकास मन्त्रालय अन्तर्गतको यस आयोजनाको नाम जोडेर ‘स्वर मिलाइ हिसाब मागौँ– खै बाख्रा, खै, खै मासु पसल ?’ शीर्षक अन्तर्गत मंसिर ४ गते प्रकाशित समाचारमा आयोजनाको गम्भीर ध्यानार्कषण भएको जानकारी गराएको छ । प्याक्ट नेपाल सरकारको कृषि आयोजना हो ।

उक्त आयोजना सञ्चालनका लागि सरकारलाई विश्व बैंकको सहयोग प्राप्त छ । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका युवा नेता थापाले आजै सोही सन्र्दभलाई जोड्दै प्रेस विज्ञप्ति जारी गरेका छन् । प्रेस विज्ञप्तिमा भनिएको छ– केही उच्छृंखल व्यक्तिको बहकाउमा लागेर सत्यतथ्य नबुझी अनलाइन समाचार माध्यमले भ्रामक समाचार प्रकाशित गरेकोमा मलाई दुःख लागेको छ । केही अनलाइन सञ्चारमाध्यमले दुवै पक्षको भनाइ नजोडी एकपक्ष ढंगले समाचार सम्प्रेषण हुनुले अनलाइन सञ्चार गृहको विश्वसनीयता माथि शंका उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

यसैवीच प्रतिनिधिसभा निर्वाचनको संघारमा मलाई कमजोर पार्ने उद्देश्यले मेरो चरित्र हत्या गरी दूरासयपूर्ण रुपमा समाचार सम्प्रेषण गरेपनि आफूलाई असर नपर्ने र काठमाडौँका जनता भ्रामक समाचारबाट कहिलै नआतिने नेता थापाको भनाई रहेका छ । आसन्न चुनावलाई लक्षित गरी मेरो इज्जत माथि धावा बोल्नेले चुनाव जित्नुहुन्छ भन्ने पक्षमा म छैन, यस्ता तमाम लाञ्छनाले मलाई अझ चुनाव जित्न सहज बनाएको छ– गगन थापाले प्रष्टशब्दमा भने ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।