शनिबार, बैशाख ८, २०८१

खोजि हिंडछु म..

खोजि हिंडछु म, कर्णसरी मित्रताको, रंङग उजिल्याउने
पात्र भई स्वच्छ जलको
श्रोत पहिल्याउने
सरस माधुर्य आस्थाको

सिन्धू खोजी हिंड्ने,  कलुषित भाव मेट्ने
बिन्दू रोजि हिंड्ने
एक बूंद शितमा
इन्द्रेणी श्रृजना भरने
आमा मेरो नेपाल भनि
दिलले माया गर्ने , फगत एक ब्यक्तित्व
यो देशले पाए हुन्थ्यो

 तिर्खाएका मनको लागि , मेलम्ची ल्याए हुन्थ्यो
स्वर्गसरी  यो धारामा
शान्तिले बास पांउंथ्यो
न्याँनो काँख पाए छोराले
मिठो गांस ल्याउंथ्यो
आमा खोटो तिम्रो कर्मले
सच्चा सपूत रोए
तिम्रो रगत कुण्डमा कपूतले
हात धोए…….

किरन कार्जित –
सितापाइला

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।