शुक्रबार, बैशाख ७, २०८१

खेलाडीको बिमा गर्ने व्यवस्था बजेटमार्फत गर्न सासंद श्रेष्ठद्दारा सरकारको ध्यानाकर्षण

 काठमाडौं बैशाख ३१,  १३औं दक्षिण एसियाली खेलकुदलगायतको विषयलाई बजेटमा प्राथमिकता दिनुपर्ने विषयमा नेकपा एमालेका सांसद जीवनराम श्रेष्ठले प्रतिनिधिसभाको बैठकमा आवाज मुखरित गर्नु भएको छ । संसद बैठकमा बिहीबार बोल्ने क्रममा देशको प्रतिष्ठासँग जोडिएका खेलाडीलाई निर्धक्क भएर खेल्ने वातावरण तयार गर्नका लागि बिमा गर्ने व्यवस्था बजेटमार्फत नै हुनुपर्ने धारणा उहाँले राख्नु भएको थियो ।

 ‘खेलाडीको आत्मबल वृद्धि हुने गरी उनीहरूको वास्तविकतामा आधारित बजेटको आवश्यकता रहेको जनाउ सहित उहाँले सन् २०१९ मा नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुदको आयोजनाका लागि पूर्वाधार निर्माणलगायतको विषयमा सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको हो ।

 सासंद श्रेष्ठ दक्षिण एसियाली ओलम्पिक काउन्सिलको पनि अध्यक्ष हुन् । ‘१९८४ मा पहिलोपटक नेपालको राजधानी काठमाडौंबाट दक्षिण एसियाली खेलकुद आयोजना भएको थियो । त्यसैगरी, १९९९ मा नेपालले दोस्रोपटक प्रतियोगिताको आयोजना गरेको थियो । यसपटक तेस्रोपटक सो प्रतियोगिता गर्ने अवसर पाएको छ । यसलाई हामीले गुमाउनुहुँदैन,’ उनले भने,‘यसका लागि सरकाले विशेष ध्यान दिनका लागि म ध्यानआकर्षण गराउन चाहान्छु उहाँले भने ।

  तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु